☰ open Loading... 19 July 2025|  

रूकुममा १३ राजनीतिक दल दर्ता
  | २३ माघ २०७३, आईतवार ११:२०

रूकुम । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन् । निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्न दिएको निर्देशनानुसार १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमलमणि देवकोटाले शनिबार सञ्चारकर्मीलाई जानकारी दिए ।

विवरण बुझाएर दर्ता हुने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेपाल दलित पार्टी, नेकपा (माले), नेपाल परिवार दल र नेकपा (माले समाजवादी) छन् ।