☰ open Loading... 1 March 2025|  

सिम्ता क्याम्पसमा अनेरास्ववियु कमिटी
  | २३ माघ २०७३, आईतवार १८:०४

सुर्खेत । जिल्लाकाे पूर्वी क्षेत्रमा रहेकाे सिम्ता बहुमुखी क्याम्पस राकममा अनेरास्ववियु कमिटी गठन गरिएकाे छ । संगठन बिस्तार अभियान अन्तरगत अाइतबार नयाँ क्याम्पस कमिटी गठन गरिएको हाे ।

simta

घनश्याम बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी गठन चयन गरिएकाे छ । कमिटीको उपाध्यक्षमा सुनिल शाह, सचिबमा सुनिल बादि, सह-सचिबमा मोहन नेपाली, बुद्धिराम चौधरी, ललित योगि र कोषाध्यक्ष शर्मिला सिंह छन ।

यस्तै, सदस्यहरु सोमना खड्का, खिमा बि. क., निमप्रसाद बुढा, लोकेश घर्ती, बिबेक सापकोटा, चन्द्रमान नेपाली छन । कमिटी गठनमा अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्का, क्याम्पस कमिटी अध्यक्ष निमप्रसाद बुढा, अनेरास्ववियु सुर्खेतका उपाध्यक्ष धुपेन्द्र शही, युवा संघ सुर्खेतका सदस्य सुरज थापा, अनेरास्ववियुका नेता प्रभात पोखरेल, अनेरास्ववियु सुर्खेतका सदस्य बिकि बादी लगायतको उपस्थिती थियो ।