☰ open Loading... 18 May 2024|  

ब्राउन सुगरसहित पक्राउ
  | २४ माघ २०७३, सोमबार १९:२५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी देखेपछि शंकास्पद अवस्थामा हिडेका वीरेन्द्रनगर १७ का २२ वर्षिय दिपककुमार थापा र सोही ठाउँका ३१ वर्षिय दशरथ थापामगरलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुलाई बसपार्कबाट पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट ३ पुडिया अबैध लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जानकारी दिएको छ । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान जारी रहेको पनि बतायो ।