☰ open Loading... 19 April 2024|  

विकास निर्माणमा भष्टाचार बढ्यो
  | २९ माघ २०७३, शनिबार ०९:१२

Ghus-3पछिल्लो समय विकास निर्माणका काममा भष्टाचारको भोलुम बढ्दै गएको छ । साविकाको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अथात् प्रदेश नम्बर ६ मा चालुृ आर्थिक वर्षमा विकास निर्माणमा बढी मात्रमा भष्टाचार भएको अख्तियार अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले बताए ।

चालु आर्थिकको साउन र भदौँमा विकास निर्माण सम्बन्धी बढी भष्टाचार भएको बताउदै उनले भने, यो वर्षको यहि दुई महिनामै भष्टाचारका बढी दर्ता भएको प्रवक्ता डाँगीले जानकारी दिए ।

पछिल्लो समय आयोगको कार्यालयमा सेवाग्राहीबाट उजुरी दर्ता हुने क्रम बढ्दै गएको प्रवक्ता डाँगीले बताए । चालु आर्थिक वर्षको माघ २५ गतेसम्म ४ सय ८५ उजुरी दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जस मध्ये १७८ मुद्दाको फछ्र्यौट भइसकेको छ भने अन्य बाँकी मुद्दाहरु अनुसन्धानमा रहेका बताइएको छ ।

प्रवक्ता डाँगीका अनुसार हालसम्म ५ हजार ७१९ मुद्दा कार्यालयमा दर्ता भएको रेकर्ड छ भने ३ हजार ३३६ मुद्दाको फछर्यौट भइसकेको छ । जसमा २३ जना रंगेहात पक्राउ परेका छन् भने ७३ प्रतिवादी बनाई ३४ ओटा मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । यस्तै २०७० असोज १ गतेदेखि आयोगको कार्यालय सुर्खेतमा विस्तार भएको थियो ।

आयोगको सुर्खेत स्थित कार्यालयमा आर्थिक वर्ष २०७०–७१ मा १०६४ मुद्दा दर्ता भएकामा २८२ मुद्दा फछ्र्यौट भएका थिए । त्यसैगरि कार्यालयले आर्थिक वर्ष २०७१–०७२ मा २१११ मुद्दा दर्ता भई ११९३ मुद्दा फछ्र्यौट गरिनुका साथै ४९ प्रतिवादी सहित १० ओटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

आयोगले ५० लाख ४९ हजार पाँच सय ८६ रुपैंया त्यस वर्ष असुली गर्न सफल रह्यो भने ९ जना भ्रष्टाचारीलाई रंगेहात पक्राउ गरेको थियो । यसैगरि आ.व. २०७२।०७३ मा आयोगमा मुद्दा दर्ताको संख्या केहि कम भयो । आयोगले दिएको तथ्याकं अनुसार उक्त आर्थिक वर्षमा जम्मा २०६९ मुद्दा दर्ता भएकामा १६८३ मुद्दाको फछ्यौट गरिएको थियो भने १८ जना प्रतिवादी सहित १३ मुद्दा विशेष अदालतमा दायर गरिएको थियो । उक्त आर्थिक वर्षमा १ करोड १५ लाख ५२ हजार २ सय ४६ रुपैयाँ असुल गरिएको थियो ।