सिहाँसैन गाविस वडा नं. ६ रालमा केटाकेटीहरुले भेटाएकाे बम । तस्वीर: तीर्थ बहादुर महताराकाे फेशबुकबाट
दैलेखमा बम फेला परेको छ । दैलेखको सिहाँसैन गाविस वार्ड नं. ६ रोलमा द्वन्द्वकालीन समयमा भवानी बक्स गण ‘घ’ गुल्म बसेको स्थानमा ५ किलो बराबर तौल भएको बम फेला परेको हो ।
उक्त बम केटा केटीहरुले खेल्ने बेलामा फेला पारेका थिए भने उक्त बम डिस्पोजलका लागि अहिले सम्म कुनै पहल हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखमा जानकारी लिन खोज्दा अहिलेसम्म कुनै पनि समाचार नआएको जानकारी प्राप्त भएको छ । उक्त बम आजै विहान फेला परेको स्थानीय शिक्षक तीर्थ बहादुर महताराले जानकारी दिएका छन् ।
उनका अनुसार फेला परेको बमलाई आफूहरुले सुरक्षित राखेको र सम्वन्धित निकायमा खबर गरि डिस्पोजल गराइदिन माग गरे । बम फेला परेपछि उक्त स्थानमा अन्य बम फेला पर्नसक्ने भन्दै स्थानीय त्रसित भएका छन् । उक्त स्थान राकम कर्णालीबाट झण्डै १ घण्टा उकालो पैदल यात्रापछि पुग्न सकिन्छ । शिक्षक महताराले इलाका प्रहरी कार्यालय राकम कर्णालीलाई समेत बम फेला परेको भन्ने जानकारी गराइसकेको जानकारी दिए ।