सल्यान । संवैधानिक समितिका पुर्व सभापति निलाम्बर आर्चायले संविधान कार्यन्वयनका लागि तीनदल मिल्नुको विकल्प नरहेको बताएका छन । २५ वर्षपछि गृहजिल्ला सल्यानमा आएका आचार्यले खलंगामा भएको पत्रकार भेटघाट कार्यक्रममा सरकार नै निर्वाचनबाट पछि हटेको आरोप पनि लगाएका छन । अन्य आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउनु सरकारको जिम्मेवारी भएकोमा सरकारले यो वा त्यो बहानामा निर्वाचन पछि धकेल्ने दाउमा रहेको उनकाे टिप्पणि थियाे ।
संविधान कार्यन्वयन गर्ने जिम्मा जनाताले सरकार र तीनदललाई दिएकोमा त्यसबाट सकारलेले मुख मोडन नमिल्ने आचार्यको भनाई छ ।
उनले प्रमुख तीनदल एक ठाउँमा नआउँदासम्म संविधान कार्यन्वयन सहज नहुने र तीन तहको निर्वाचन पनि हुन नसक्ने ठोकुवा उनकाे छ ।
सरकारले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसक्नुमा वर्तमान प्रधानमन्त्री पहिलो र दोस्रो पार्टीको नभई तेस्रो पार्टीको भएकाले पनि प्रमुख कारण रहेको उनको भनाई थियो ।
विगतदेखि कांग्रेस र एमालेको सहकार्यमा भएको कामको सराहना गर्दै उनले दुबै दल एक ठांउमा आएर माअाेवादी सहित अन्य दललाई समेटेर सहकार्य गर्नु पर्ने बताए ।
आचार्यले अरुको बहाना बनाएर सरकार निर्वाचनबाट पन्छिन नहुने समेत बताए ।
अहिलेको महत्व राष्ट्रिय राजनिति हुनुपर्नेमा दलिय राजनिति भई रहेको र्इंकित गर्दै उनले भने–“खेल मैदान तयार नहुँदासम्म सबै खेलाडीले मैदान तयार पार्नु पर्छ अनिमात्र प्रतिष्प्रधामा उत्रिने हो ।” सिमांकनको हेरफेर गर्ने जिम्मा प्रदेश सभालाई संविधानले दिइ सकेकाले संविधानको भावना विपरित जान नहुनेमा उनको जोड थियो ।