☰ open Loading... 18 May 2024|  

प्रहरी महानिरीक्षकको नियुक्तिमा मेरो संलग्नता छैन – सभापति देउवा
  | १ फाल्गुन २०७३, आईतवार १७:१५

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा केही सञ्चारमाध्यमले आफ्नो नामलाई जोडेर समाचार प्रकाशित गरेकामा ध्यानाकर्षण भएको नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बताएका छन ।

याे पनि पढ्नुस् : प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्रमा सिंहबहादुर श्रेष्ठ नियुक्त
प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उनले एक विज्ञप्तिमार्फत त्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पारेका हुन ।

“कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उनको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु,” सभापति देउवाका तर्फबाट उनका सहयोगी केशवराज जोशीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।