☰ open Loading... 29 September 2025|  

सम्पर्क कार्यालय स्थापना
  | १ फाल्गुन २०७३, आईतवार १७:३६

सुर्खेत ।  अनेरास्ववियुले सुर्खेत क्याम्पस शिक्षामा स्ववियु निर्बाचनलाइ मध्यनजर गर्दै सम्पर्क कार्यालय स्थापना गरेको छ । सुर्खेत क्याम्पस शिक्षामा बिगतको बिरासतलाइ कायम राख्न आफ्नो सक्रियता बढाउन सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सम्पर्क कार्यालय स्थापना कार्यक्रममा सुर्खेत क्याम्पस शिक्षाका स्ववियु सभापति कमल सिजापती, अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्का, बिध्यापुर बहुमुखी क्याम्पसका सभापति तारा पौडेल, युवा सघ सुर्खेतका सदस्य सुरज थापा, अनेरास्ववियुका नेता प्रभात पोखरेल, जिल्ला सदस्य बिष्णु महतरा, सीता एरि, धर्मराज न्यौपाने, शिक्षा क्याम्पसका नेता चक्र शाही, हिक्मत बस्नेत, राकेश पुन, मनोज लम्साल लगायतकाे उपस्थिती रहेकेा थियाे ।