दैलेख । जिल्ला स्वास्थ्य कार्यालयमा सोमवार हात्तिपाईले रोग सम्वन्धी तालिम चल्दाचल्दै रोकियो । तालिममा सहभागी स्वास्थ्यकर्मीहरु तालिम हल आन्दोलितकै कारण बन्द गरियो । उनीहरुले कार्यालय नै तालाबन्दी गरे । नियमित स्वास्थ्य सेवा बाहेक अन्य कार्यक्रमहरु थप्प पार्दै विभिन्न स्वास्थ्यकर्मी संघ÷सगठनहरुले आन्दोलित भएका हुन् ।
उनीहरुले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को ९ ख कार्यान्वयन तथा पद ब्यवस्थापन गर्ने कार्यमा ढिला सुस्ती, स्वास्थ्यकर्मीविच मनमुटाव, द्धन्द्ध मुडभेड ल्याउने उक्त मागहरुको समाधान नगरेको भन्दै माघ १९ गतेदेखी आन्दोलित भएका हुन् । नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्य प्राविधिक संघका आन्दोलनमा होमिएको हो ।
आकस्मिक सेवा बाहेक जिल्ला तथा राष्ट्रिय स्तरका तालिम, गोष्ठि, नियमित कार्यक्रम रोक्ने, फागुन २१, २२ र २३ गते संञ्चालन हुने हात्तिपाईले रोग निवारणका लागि औषधी खुवाउने कार्यक्रम तालिम, गोष्ठि, आम औषधी खुवाउने कार्यक्रम रोक्ने निर्णय गरिएको आन्दोलन समितिका संयोजक लालबहादुर खड्काले बताए ।
सोमवार दिनभर उनीहरुले कार्यक्रमहरु रोकेर जिल्ला स्वास्थ्य कार्यालय अगाडी धर्ना समेत दिएका थिए । आफुहरुको माग पुरा नभए जिल्लाको स्वास्थ्य सेवा नै ठप्प पार्ने चेतावनी नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रमेशकुमार दशौंदीले बताए ।