☰ open Loading... 26 October 2024|  

ट्रक दुर्घटनामा सुर्खेतका व्यापारीकाे मृत्यु
  | २ फाल्गुन २०७३, सोमबार १८:५७

दैलेख । सुर्खेतदेखी दैलेखको ठाँटीकाँध जाँदै गरेको मालबहाक ग १ ख ४४८९ नम्वरको ट्रक दैलेखको लकान्द्र – ९ मानकोटमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा गाडी साहुँ सुर्खेत वीरन्द्रनगरका ५५ वर्षिय दिल्ली पौडेल रहेका छन् । त्यस्तै घाईते हुनेमा ट्रक डाईभर तपेन्द्र शाही रहेका छन् । गाडी सडकदेखी ५५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।