कर्मचारीको आन्दोलनमा सांसद ज्वालाको सर्मथन
बिगत केहि दिन यता सल्यानमा स्थानीय निकायका कर्मचारीहरुले गर्दै आएको आन्दोलनमा आज मंगलबार प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ ।
आफ्ना माग पुरा गर्न को लागि आ–आफ्नो कार्यालय अगाडी शान्तिपूर्ण रूपले गरेको आन्दोलन मा प्रहरीले हस्तक्षेप गरेको स्थानिय निकाय संयुक्त टे«ड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिती सल्यानका सचिब जिबराज केसीले जानकारी दिए ।
हस्तक्षेपका क्रममा धरपकड समेत भएको थियो । धरपकडका क्रममा तीन जना आन्दोलनकारी घाईते भएका छन् । स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा समायोजन गर्नु पर्ने लगाएतका माग राखेर आन्दोलन गर्दै आएका जिल्ला बिकास समिती सल्यानका तीन जना कर्मचारी सामान्य घाईते भएका हुन् ।
घाईते हुनेमा बिन्दु श्रेष्ठ, अमृता शाक्य र थुमु कवर रहेको केसीले जानकारी दिए । स्थानिय निकाय संयुक्त टे«ड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिती सल्यानले एक प्रेश बिज्ञप्ती जारी गरी प्रहरीले कार्यालयमा लगाएको ताला फोडी कार्यालय प्रमुखको कार्यकक्ष खुलाउने कार्य गरेको भन्दै घोर भत्र्सना पनि गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जिविसमा लगाएको ताला खोल्दा कुनै धरपकड नभएको बताउनु भएको छ । उनले जिविसमा लगाएको ताला खोल्दा कसैलाई पनि चोट पटक नलागेको बताए ।
प्रहरीले जिविसका दुई कोठामा लगाएको ताला खुलाए पनि कर्मचारीले भने काम गरेका छैनन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै स्थानीय निकायका कर्मचारीहरु आक्रोशित भएका छन । र उनिहरुले आफ्नो शान्ति पुर्ण आन्दोलनलाई अबरोध गरेको भन्दै अब आन्दोलन लाई अझै शसक्त बनाएर अगाडि बढने बताएका छन् ।
आन्दोलनमा उत्रिएका जिल्ला बिकास समिति, २ नगरपालिका र ३५ गाबिसका कर्मचारीको आन्दोलनलाई एमाले सांसद प्रकाश ज्वालाले सर्मथन गरेका छन् । सल्यान क्षेत्र नं. २ का सांसद ज्वालाले स्थानीय तहको चुनाव छिटै घोषणा गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनु पर्ने लगाएतका माग जायज भएकाले सर्मथन गरेको बताए । उनले स्थानीय निकायका कर्मचारीहरुले राखेको मागलाई संसदमा पनि कुरा उठाउने बताएका थिए ।