☰ open Loading... 26 November 2024|  

प्रधानमन्त्री स्ववियु चुनाव चाहँदैनन्
  | ३ फाल्गुन २०७३, मंगलवार १६:५६

काठमाडौं । गत पुस २० गते त्रिभुवन विश्वविद्यालयको साधारणसभा अध्यक्षता ग्रहण गर्दै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्तव्यमा स्ववियु चुनाव नहुने संकेत गरेका थिए। संस्थाको जीवन्तताका लागि स्ववियु निर्वाचन अपरिहार्य छ, प्रधानमन्त्री दाहालले भनेका थिए, तर स्ववियु निर्वाचनले स्थानीय चुनावमा प्रभाव नपारोस्।

विश्वविद्यालयले फागुन १४ गते तय गरेको स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद र प्रधानमन्त्री बाधक रहेको विश्वविद्यालयका प्रध्यापकको ठहर छ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावमा २८ वर्ष उमेर हदबन्दी लागू गर्दै माघ १४ गते चुनाव कार्यतालिका सार्वजनिक गर्‍यो। लगत्तै स्ववियुमा पकड नभएको र हार खेप्नुपर्ने त्रासका कारण प्रधानमन्त्री र केही विद्यार्थी संगठन चुनाव नगराउने पक्षमा देखिएको विश्वविद्यालय प्रध्यापक संघका सभापति योगेन्द्रनारायण बडबडियाले बताए।

प्रधानमन्त्री प्रचण्डलगायतका अन्य क्रान्तिकारी विद्यार्थी संगठनको स्ववियुमा पकड कमजोर छ,ु प्राध्यापक बडबडियाले नागरिकसँग भने, ुस्ववियुमा हारे स्थानीय चुनावमा हार्ने त्रासले पनि चुनाव नचाहेको देखिन्छ।ु उनले कांग्रेस निकट नेपाल विद्यार्थी संघले पनि उमेर हदको बहानामा चुनाव नचाहेको देखिएको बताए। उनले भने, ुचुनाव नगराउनकै लागि नेविसंघ र क्रान्तिकारीले क्याम्पसहरू ताला लगाउँदै हिँडेका छन्। उनका अनुसार शिक्षाध्यक्षको गाडीमा आगजनी गर्नु त्रिविको भौतिक सम्पत्तिमाथि आक्रमण गर्नु हो।

नेविसंघले भने कलेजमा तालाबन्दी र चुनाव बिथोल्ने नेविसंघका दोषी प्रतिनिधिमाथि कारबाही थालेको जनाएको छ। सभापति नैनसिंह महरले फागुन १४ गते जसरी पनि चुनाव सम्पन्न गराउन नेविसंघ लागिपरेको बताए।

हामीले घोषणापत्र तयार गरी देशभरिका कलेजमा पठाइसक्यौं,महरले भने, ुनेविसंघले ५ गतेभित्र उम्मेदवार घोषणा गर्नेछ। उनले उमेर हद स्ववियु चुनावमा बाधक नहुने दाबी गरे।

एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले संगठन चुनाव तयारीमा रहे पनि नेविसंघ र केही क्रान्तिकारी विद्यार्थी संगठन बाधक बनेको आरोप लगाइन्। उनका अनुसार अनेरास्ववियु पनि उम्मेदवार घोषणाको तयारीमा छ।

विश्वविद्यालयका प्रवक्ता भोला ढकालका अनुसार हालसम्म देशभरिका ६० आंगिक कलेजमध्ये ३५ कलेजले स्ववियु उम्मेदवारको नामावली प्रकाशन गरिसकेका छन्। ुअसन्तुष्ट विद्यार्थी संगठनसँग वार्ता भइरहँदा नै आगजनी गर्नु उचित होइन,ु प्रवक्ता ढकालले भने, ुस्ववियु चुनाव निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न त्रिविका पदाधिकारीसँग छलफल भइरहेको छ।ु उनले आतंक मच्चाउने काम नगर्न विद्यार्थी संगठनलाई आग्रह गरेका छन्।