☰ open Loading... 6 February 2025|  

वैशाखभित्रै निर्वाचन सम्पन्न गर्न कांग्रेसको माग
  | ८ फाल्गुन २०७३, आईतवार २०:३१

व्यवस्थापिका(संसदको ठूलो दल नेपाली कांग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको पार्टीका शीर्ष नेता एवम् पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीसम्मिलित बैठकले वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ।

बैठकले सबै दलसँगको सहमतिमा तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कुनै पनि बहानामा निर्वाचन सार्न वा वैशाख महिना नाघ्न नहुने निर्णय गर्दै बैठकले आवश्यक कानुन बनिसकेको अवस्थामा स्थानीय तहको नै निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको बताए।

आइतबार बिहान कांग्रेस र नेकपा ९माओवादी केन्द्र० का शीर्ष नेताबीच भएको बैठकले भोलि सोमबार निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको थियो। रासस