☰ open Loading... 19 April 2024|  

वन हेरालुसहित ६ जना पक्राउ
  | ८ फाल्गुन २०७३, आईतवार २०:५४

जिल्ला वन कार्यालयका सुर्खेतले काठ ओसापसारमा संग्लन ६ जनालाई प्रक्राउ गरेका छ ।  जिल्ला वन कार्यालयले  वीरेन्द्रनगर १ बांगेसीमलस्थित   जनसंरक्षण सामुदायिक वनका हेरालु दीपराज बुढा र इन्द्रबहादुर बुढाथोकीलाई १ दशमलव १७ क्युफिट चिरा काठ (फयान्टा) सहित जिल्ला वन कार्यालयबाट खटिएका कर्मचारीहरुले उनीहरुलाई रंगेहात प्रक्राउ गरेको हो ।

 यस्तै दशरथपुर २ देखि सालको चिरान काठ लोड गरेको ट्रयाक्टरसहित चार जनालाई पक्राउ गरिएको जिल्ला वन कार्यालयका वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।  १८ दशमलव ५८ क्युफिट चिरान काठ लोड गरिएको लु.१.त ८१७२ नम्बरको ट्रयाक्टर फेला परेको अधिकृत विष्टले बताए । उनले ट्रयाक्टरका चालक लेखफर्सा ६  का जसेन्द्र सुनारसहित चार जनालाई पक्राउ गरी उनले बताए ।

हाल पक्राउ परेकाहरुलाइ अनुसन्धानका लागि हिरासतमा राखिएको उनले जानकारी दिए । पक्राउ परेकाहरुलाई ६ महिना जेल गरिने अधिकृत विष्टले बताए । साथै १८ क्युफुट काठको डबल मुल्य लिईने र ट्याक्टरलाई छुट्टै कार्वाही गरिने जानकारी दिए ।