☰ open Loading... 6 February 2025|  

सुर्खेत बन्दको आह्वान
  | ८ फाल्गुन २०७३, आईतवार २१:००

युवा संघ नेपाल, सुर्खेतल अनिश्चिकालिन बन्दको आह्वान गरेको छ । फागुन ५ गते  गते दिन मध्यपश्चिम यातायात व्यवसायी संघका कर्मचारीहरुले देउती नागरिक यातायात प्रा.लिका मजदुर सुर्यबहादुर खड्कालाई गाडी भित्रै निर्घात कुटपिट गरि गम्भिर घाईते बनाउने दोषिहरुलाई कार्वाही माग राख्दै ११ गते देखि सुर्खेत बन्दको आह्वान गरिएको हो ।

बन्दबाट  सर्वसाधारणहरुमा पर्न असुविधा जिम्मेवार स्थानीय प्रशासन जवाफदेही हुनु पर्ने युवा संघ नेपाल सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाद्धारा हस्ताक्षर प्रेस विज्ञप्तिमा उल्लेख छ । दोषीलाई कारवाही नगरिए थप आन्दोलनमा उत्रने चेतावनी संघको छ ।