☰ open Loading... 19 May 2024|  

हुलाक सेवा परिमार्जन हुँदै
  | १० फाल्गुन २०७३, मंगलवार ११:४३

 दाङ । पछिल्लो समय आधुनिक प्रविधिहरुको विकास भएसँगै हुलाक कार्यालयहरुले दिने सेवामा पनि परिमार्जन गर्दै लगेको पाईन्छ । अहिले पनि हुलाक कार्यालयहरुले चिठीपत्रहरु आयात निर्यात सँगै धनादेश दर्ता तथा भुक्तानी, एकसय वाटसम्मको रेडियो नविकरण, पोष्ट बक्स सेवा, केवल कार्ड इजाजतपत्र, नविकरण तथा रोइलिटी बुझने, पत्रपत्रिका दर्ता, टिकट दर्ता, लगायतका सेवाहरु उपलव्ध गराउदै आईरहेको छ । जिल्ला हुलाक कार्यलय दाङवाट वार्षिक रुपमा ३० देखि ३५ हजार सम्मका चिठी पत्रहरु रजिष्टरी हुने गरेको सुचना अधिकारी हिरालाल आचार्यले जानकारी दिए ।

गत वर्ष कार्यालयमा ३५ हजार पाँचसय ५५ चिठीपत्रहरु रजिष्टरी भएको थियो उनकाे भनाइ छ । यस वर्ष चौधहजार चिठीपत्रहरु रजिष्टरी भएकाे पनि उनले जानकारी दिए । अन्य जिल्लाको तुलनामा दाङमा चिठीपत्रहरु रजिष्टरी धेरै हुने गरेको छ । त्यसो त देशभरका हुलाक कार्यालयहरुमा १० लाख सम्म नागरीकले बैंक बचत गर्ने व्यबस्था रहेको छ भने कार्यालयका कर्मचारीहरुलाई ४ लाख ५०हजार रुपैया सम्म ऋन लिन पाउने व्यवस्था रहेको कार्यालयले बताउँछ ।

हाल दाङ जिल्लाभर १४ वटा ईलाका हुलाक कार्यालय र तीस वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेको सुचना अधिकारी आचार्यले बताए । जिल्ला तहमा रहेर हुलाक कार्यालयले दिने सेवामा केहि फरकपन आयतापनि हुलाक सेवा वाट पाईने सेवा सुविधाका बारेमा अझ प्रचार प्रसार गर्न सके हुलाक सेवाको महत्व अझै बढ्न सक्ने जानकारहरु बताउछन् ।