☰ open Loading... 26 October 2024|  

बुधबारको सुर्खेत बन्द फिर्ता
  | १० फाल्गुन २०७३, मंगलवार २०:१९

देउती नागरिक यातायात प्रा.लि.का कर्मचारी माथि आक्रमण गर्ने दोषीलाई कारवाहीको माग गर्दै  आज (बुधवार) देखि अनिश्चित कालिन सुर्खेत बन्द फिर्ता लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएको किटानी जाहेरी सोमबार मात्रै प्रहरी दर्ता गरेर कारवाही अगाडी बढाउने आश्वासन दिएपछि बन्दका कार्यक्रम फिर्ता लिएको युवा संघ नेपाल सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

  यही फागुन ५ गते मध्यपश्चिम यातायात व्यवसायी संघका कर्मचारीहरुले देउती यातायात प्रा.लिका सह–चालक सुर्यबहादुर खड्का माथि कुटपिटको घटनाप्रति प्रहरी उदासिनको विरोधमा बन्दको कार्यक्रम सार्वजनिक गरेको थियो ।

अध्यक्ष देवकोटाले प्रहरीले दोषिलाई कारवाही (बाँकी ४ पेजमा) गर्ने झिनो आशा देखाएकाले बन्दका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको जनाकारी दिए । उनले तत्काल दोषिलाई कारवाही गर्नमा प्रहरीले आलटाल गरे कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिए ।

 यता जिल्ला प्रहरी कार्यालयका एसपी मोहन आचार्यले प्रहरीले किटानी जाहेरीका आधारमा छानविन प्रक्रिया अगाडी बढाएको जानकारी दिए । उनले १२९ नम्बरमा मुद्दा दायर गरेर पनि बताए । उनले किटानीमा नाम उल्लेख भएका व्यक्तिको खोजी कार्य जारी रहेको पनि दावी गरेका छन् ।    तर एसपी आचार्यले प्रहरीले दोषिलाई कानुनी दायरामा ल्याएर निष्पक्ष छानविन गर्ने आश्वासन देखाएका छन् ।