☰ open Loading... 18 October 2024|  

विपक्षी गठबन्धनले संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने
  | ११ फाल्गुन २०७३, बुधबार १६:३४

 प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी नौ दलीय गठबन्धनले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नदिने निर्णय गरेको छ ।

बुधबार दिउँसो नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले संसदमा संशोधन प्रस्ताव अगाडि बढाउन खोजिए अवरुद्ध गर्ने निर्णय गरेको हो । राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रिक० का सांसद शिवलाल थापाले सरकारले जबरजस्ती संशोधन प्रस्तावको प्रक्रिया अगाडि बढाउन खोजे विगतमा जस्तै संसदमा अवरोध गरिने निर्णय भएको कान्तिपुरलाई जानकारी दिए ।

तर, संसदमा थाती रहेको निर्वाचन विधेयक, महाअभियोग प्रस्ताव लगायतलाई संसद बैठकको कार्यसूची बनाएमा सदन अवरोध नगर्ने निर्णय गरिएको उनले बताए ।

एमाले नेता भीम रावलले स‌ंशोधन विधेयक फेल भएमा मधेसी मोर्चाले नमान्ने निश्चित रहेकोले त्यो अवस्थामा सरकारले के गर्छ भन्ने स्पष्ट धारणा माग गर्ने निर्णय भएको जानकारी दिए । उनले सरकारको धारणा नआएसम्म विधेयक प्रकियामा नलैजान भनेको बताए ।

बैठकले संशोधन लगायतका विवादित विषयमा अझै सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग समेत छलफल गर्ने निष्कर्ष निकालको छ । गठबन्धनले मोर्चाले चुनावमा प्रतिवद्धता जनाए संशोधन प्रस्तावमा छलफल गर्न सकिने पनि बताएको छ ।