☰ open Loading... 18 October 2024|  

बजाज कम्पनीका नयाँ एनएस पल्सर सुर्खेतमा
  | १२ फाल्गुन २०७३, बिहीबार १७:१८

सुर्खेत । नेपालमै सार्वधिक विक्रि हुने मोटरसाइकल ब्राण्ड बजाज कम्पनीले सुर्खेतमा नयाँ एनएस मोडलका पल्सर बाईक सुर्खेतमा भित्राएका छ । सुर्खेतका आधिकारीक बिक्रेता असिम अटो पार्टस सुर्खेतले  नयाँ पल्सर १६० सीसी एन एस मोडलको बिक्री खुला गरेको हो ।

यो पल्सरले मोटरसाइकलको प्रविधि र डिजाइनलाई परिभाषित गर्ने र पहिलो पल्सर सन् २००१ मा आएको पल्सर जत्तिकै लोकप्रिय हुने अपेक्षा असिम अटो पार्टसका संचालक लक्ष्मण कंडेल बताए । कम्पनीको चर्चा गर्दै संचालक कंडेल नयाँ १६० सि.सि डिटियस आई इन्जिनले दिने १५ दशमलव ५ पिएस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक यात्राको सुनिश्चिता प्रदान गर्ने अपेक्षा छ ।

१६० सिसि डिटियस–आई पल्सरमा १५.५ पिएस पावर र उत्कृष्ट माइलेजको इन्जिन राखिएको छ । यस्तै आरामदायी सवारीको सुनिश्चितताकोलागि नाइट्रोक्स सन्स्पेन्शन भएको मानो–शक, सुरिक्षत ब्रेकिङको लागि हाइड्रो डिस्क ब्रेक पनि राखिएको छ ।

असिम अटो पार्टसका म्यानेजर कमल कृष्ण जैशीले आधुनिक एवं आकर्षक डिजिटल मिटर, राम्रो रोडग्रीप र सुरक्षाको लागि वाइड ट्युवलसेस टायर, उज्यालोका लागि डि आए एल लाइटिङको सुुविधा पनि रहेको जानकारी दिए । उनका अनुसार सिमित अवधिमा पल्सर १६० एन एसको मुल्य २ लाख ५९ हजार ९ सय छ ।