☰ open Loading... 20 September 2024|  

दैलेखको काँडाचौरमा ज्योतिको हंगामा
  | १५ फाल्गुन २०७३, आईतवार १०:०३

दैलेख । दैलेख पर्यटन महोत्सवको तेस्रो दिन शनिवार काँडाचौर मैदान संगितमय बनेको छ । मुल गेटदेखी स्टेजसम्म भरिभराउ दर्शकहरु गितमा धुमे । मध्यातपति ज्योती मगरको प्रस्तुती यूवाहरु झुमे । दैलेखको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सवमा ज्योती मगरदेखी चर्चीत गायक कुुुलेन्द्र विश्वकर्माले आफ्नो प्रस्तुती देखाए ।

आफ्नो सांगितिक कोशेलीबाट कुलेन्द्रले आफु पनि नाचे दर्शक लाई पनि नचाए । दिउँसको टन्टलापुर घाममा स्टेजमा देखिएका गायक कुलेन्द्र विश्वकर्माले दर्शकको ताली मात्र पाएनन् हुटिङले महोत्सब स्थल काँडाचौर नै धन्कियो । त्यस्तै ज्योती मगरले पनि स्टेज तताईन् । दर्शकहरु हुँटिग र नाचमै झुमे । गायिक सरिता प्रजापतिले आफ्नो प्रस्तुती राखीन् ।

दर्शकहरुको थामी नसक्नु भिड्ले गायीक गायीकाहरुको प्रस्तुतीलाई हुँटिग पाईरहेको थियो । खाना खाएर पर्यटन महोत्सबलाई हेर्न आएका बुढापाका देखि युवायुवतीलाई ज्योती मगर, सरिता प्रजापति र कुलेन्द्र विश्वकर्मा, विनोद विक, धिरेन्द्र शाहीले लोकदोहोरी गित मार्फत दर्शकलाई औधी मनोरन्जन दिए ।

पर्यटन प्रर्वद्धन र इतिहास लेखनका लागि स्थानीय संचार माध्यम (धमाका राष्ट्रिय दैनिक दैलेख, रेडियो ध्रुवतारा एफ.एम., रिपोर्टर्स क्लब दैलेख, साझा प्रतिबिम्ब साप्ताहिक पत्रिका) को आयोजनामा विहीबार देखि सञ्चालनमा आएको हो । विभिन्न गाविसबाट ल्याएको पंचैवाजाहरु प्रत्येक दिन सदरमुकाममा प्रर्दशन गर्ने गरिएको छ र

नि:शुल्क सिम कार्ड वितरण
दैलेख पर्यटन महोत्सबको प्रबद्धको रुपमा रहको नेपाल टेलिकमले महोत्सबमा टिकट काटी प्रवेश गर्ने ग्राहकहरु लाई निशुल्क सिम कार्ड वितरण गरेको छ । महोत्सबमा टिकट काटेर प्र्रवेश गर्ने दर्शकहरुका लागि टेलिकमले निशुल्क सिमकार्ड वितरण गरिरहेको हो ।

महोत्ससबको पहिलो लाइनमा रहेको  स्टलमा टेलिकमले निशुल्क सिमकार्ड वितरण गरेको छ । १० दिन सम्म संचालन हुने महोत्सब अवधी भर फागुन २२ गते सम्म निशुल्क सिमकार्ड वितरण गर्ने नेपाल टेलिकम दैलेखले जनाएको छ ।
पाच जनालाई अभिनन्दन
पर्यटन महोत्सवमा उल्लेखिनिय योगदान दिए बापत ५ जनालाई अभिनन्दन गरिएको छ । उद्घाटन कार्यक्रममा सस्कृति, नागरिक उड्यान तथा पर्यटन मन्त्री जिवनबहादुर शाहीले अभिनन्दन गरेका हुन् ।

अभिनन्दन हुनेमा सांसद अम्मरबहादुर थापा, जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ घरेलु विकास अधिकृत पर्शुराम आर्चाय, औद्योगित विकास लिमिटेडका अध्यक्ष तथा महानिर्देशक नन्दकिशोर बस्नेत, रिपोर्टर्स क्लवका अध्यक्ष ऋषी धमला, विविसी नेपाली सेवाका नेत्र केसी रहेका छन् ।

उनीहरुले महोत्सवमा सफल बनाउन अर्थक  प्रयास गरे बापत आयोजनले अभिनन्दन गरेको हो । दैलेखी जनताका तर्फबाट उहाँहरुलाई सम्मान स्वरुप अभिनन्दन गरिएको महोत्सवका संयोजक विष्णु शर्माले बताए ।