☰ open Loading... 26 October 2024|  

स्ववियु निर्वाचन : सुर्खेत क्याम्पस शिक्षामा सात संगठन मैदानमा
  | १६ फाल्गुन २०७३, सोमबार ०८:०५

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पर्सी (बुधवार) देशभरीकै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा हुँदैछ । सुर्खेत क्याम्पस शिक्षामा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाृचनमा सातवटा विद्यार्थी संघ–संगठनहरुले प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् ।

क्याम्पस शिक्षामा १० संगठन भएपनि स्ववियु निर्वाचनको लागि उम्मेदवारी सात संगठनले मात्रै दर्ता गरेका निर्वाचन अधिकृत दीपक सापकोटाले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत संचालिन सुर्खेत शिक्षा क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनमोर्चा निटक नेपाल क्रान्तिकारी विद्यार्थी संघ, बैद्य निकट अखिल क्रान्तिकारी, नेत्र विक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनबाट १० पदका लागि ५९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनबाट सभापतिको लागि चक्रबहादुर शाही, नेपाल विद्यार्थी संघबाट सभापति पदका लागि राजकुमार सिजापतिले उम्मेदवारी दर्ता गरेका छन । यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट सभापतिको लागि महेश जिसी, जनमोर्चा निकट  नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट सभापतिमा वीरेन्द्रबहादुर कठायत, अखिल क्रान्तिकारी (वैद्य) बाट कैलाश एैडी, अखिल क्रान्तिकरी नेत्रविक्रम चन्द –विप्लव) बाट धनबहादुर नेपाली सभापति पदका लागि चुनावि मैदानमा उत्रिएका छन् ।

तर निर्वाचन अधिकृत सापकोटाका अनुसार नयाँ शक्ति नेपाल विद्यार्थी युनियनले भिन्न तरिकारले उम्मेदवारी दर्ता गरेको छ । नयाँ शक्तिले सभापतिको उम्मेदवरी मात्र दर्ता गरेको अधिकृत सापकोटाले बताए । स्वतन्त्र विद्यार्थी युनियन आप्m्नो पाल्टामा कसरी पार्न सकिन्छ भन्दै सात वाटै संगठनहरु दौडधुपमा व्यस्त छन् ।

स्ववियु सचिवका लागि अनेरास्ववियुबाट हिक्मतबहादुर बस्नेत, नेपाल विद्यार्थी संघबाट राजाराम ऐडी, केन्द्र निकट अखिल क्रान्तिकारीबाट तिलकबहादुर खत्री, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट दिर्घबहादुर थापा,  अखिल क्रान्तिकारी (महोन बैद्य)बाट खड्क बुढा, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द विप्लव) बाट  नविन बिकले सचिव पदका लागि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

कोषाध्यक्षका लागि अनेरास्ववियुबाट  सुवास विसी, नेपाल विद्यार्थी संघको तर्फबाट अस्मिता खनाल,  अखिल क्रान्त्रिकारी (माओवादी केन्द्र)बाट  माधव सापकोटा, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट जीवनाकुमार सिजापति, अखिल क्रान्तिकारी (महोन बैद्य)बाट तिलक रोकाय र अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द विप्लव)बाट नरेन्द्र बुढाले चुनावी मैदानमा होमिने भएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट १० जना, नेपाल  विद्यार्थी संघबाट १० जना,  नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट १० जना, अखिल क्रान्तिकारी (माओवादी केन्द्र)बाट १० जना , अखिल क्रान्तिकारी –विप्लप) १० जना, अखिल क्रान्तिकारी –वैद्य)बाट ८ जना र नयाँ शक्ति नेपाल विद्यार्थी युनियनबाट १ जना गरी ५९ जनाले  उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्खेत क्याम्पस शिक्षामा एक हजार ८ सय ५७ जना मतदाताहरु रहेको स्ववियु निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए । उनका अनुसार एम.एड प्रथम वर्ष  बिहानीतर्फ ३५५ जना, एम.एड द्वितीयतर्फ १२८, एक वर्षे वि.एड. बिहानी १९ जना, आई सी.टी शिक्षा प्रथम समेस्टरमा विहानी ३५ जना, तेश्रो समेस्टरमा १३ जना मतदाता छन् । मतदान १८ गते विहान ७ बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना शुरु हुने निर्वाचन अधिकृत सापकोटाको भनाई छ ।