सुर्खेत । बालविवाह विकासको बाधक बनेको सामाजिक अभियान्ता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की बताएका छन् । आइतबार जिल्ला बाल कल्याण समितिले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलन उनले जबसम्म छोरी मान्छे शिक्षित हुँदैन तबसम्म मुलुकको विकास सम्भव नहुने बताएका हुन् ।
मुलुकको विकासका लागि छोरीलाई शिक्षित हुनुपर्ने आवश्यता रहेको प्रशिक्षक कार्कीले औंल्याएका छन् । बालविवाहको न्युनिकरण गर्न सामुदायिक स्तरबाट सुरु गरिन लागेको उनले बताए । समाजबाटै उत्पन्न यो समस्या उत्पन्न भएको बताएका उनले यसको समाधान पनि समाजबाटै सम्भव भएको उल्लेख गरे ।
‘हामीहरु अभियन्ता हौं, बालविवाहरहित समाज निर्माण गर्ने जिम्मेवारी भनेको समुदायको नै हुन्छ’ उनले भने । सन् २०२० सम्म नेपाललाई बालविवाहरहित समाज निर्माण गरेरै छोड्ने उद्घोष पनि कार्कीले गरेका छन् । बालविवाह मानव अधिकार उल्घङ्नको गम्भिर विषय उनको भनाई छ ।
पछिल्लो समय बालविवाह समाजमा पीडाको रुपमा उदय भएको कार्कीले बताए । ‘यो अभियान विगतको जस्तो होइन’ उनले भने, ‘सुर्खेतबाट थालिएको यो अभियानले प्रतिफल दिएर देशमा सकरात्मक सन्देश छोड्न हामी सफल हुनेछौं तर यसका लागि सवै पक्षको साथ आवश्यक छ ।’
सुर्खेतबाट शुरु भएको यो महाअभियान स्रोत र बजेटमुखि होइन, बजेट खोज्न थाल्ने हो भने अभियानले विकराल लिने कार्कीको तर्क थियो । अभियानको क्रममा आफु पढाउन आएको नभई सुर्खेतबाट बालविवाहरहित समाज निर्माण गर्ने राज्यले लिएको लक्ष्यलाई सन् २०२० सम्म पुरा गर्ने अभियानमा हौसला प्रदान आएको उनको भनाई छ ।
यसैविच, बालविवाहरहित समाज निर्माण गर्ने महाअभियान आइतबारदेखी जन माध्यमिक विद्यालय वीरेन्द्रनगरमा सुरु भएको छ । जिल्ला बाल्यकल्याण समिति सुर्खेतको आयोजना यो अभियान संचालन भएको हो । अभियानको सुर्खेत जिल्ला अदालतका जिल्ला न्यायाधिस कैलाशप्रसाद सुवेदीले उद्घाटन गरेका छन् ।
उद्घाटन सत्रमा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह लगायतको उपस्थित थियो । अभियानमा जिल्लाका तीन नगरपालिका र गाविसका करिव एक हजार तीनसय बढीको उपस्थिती रहेको छ । महाअभियान आज (सोमबार) सम्पन्न हुनेछ ।