☰ open Loading... 26 July 2024|  

कहाँ कहाँ जित्यो अनेरास्ववियुले ?
  | १८ फाल्गुन २०७३, बुधबार १३:४६

बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जारी छ ।

हालसम्म ६१ मध्ये २२ क्याम्पसमा चुनाव भइरहेको त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले जानकारी दिइन् । त्यस्तै केही सम्बन्धनप्राप्त सामुदायिक कलेजहरुमा पनि निर्वाचन भइरहेको छ । तीमध्ये केही क्याम्पसमा निर्वाचनको परिणाम आइसकेको छ । परिणाम आएकामध्ये २१ वटा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले विजयी हासिल गरेको संगठनका प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए ।

उनले अधिकांश ठूला कलेजमा नेविसंघ र विप्लवसमर्थित विद्यार्थी संगठनका कारण चुनाव हुननसेको आरोप पनि लगाए ।

अनेरास्ववियुले हालसम्म विजय हासिल क्याम्पसहरू
१० पाटन बहुमुखी क्याम्पस, बैतडी– अध्यक्ष, महेशप्रसाद भट्ट
२० सल्यान बहुमुखी क्याम्पस, सल्यान– अध्यक्ष, रामबहादुर खत्री
३० मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन बस्याल
४० शान्ती क्याम्पस, बझाङ –अध्यक्ष, ईश्वर सिंह
५० खापरदेव क्याम्पस, बझाङ– अध्यक्ष, पूजा कार्की
६० सेती क्याम्पस, बझाङ– अध्यक्ष, बिमला अवस्थी
७० आदर्श बहुमुखी क्याम्पस, धादिङ– अध्यक्ष, रुपक गिरी
८० हनुमन्तेश्वर क्याम्पस, दोलखा– अध्यक्ष, सन्तोष दाहाल
९० खोटाङ क्याम्पस, खोटाङ– अध्यक्ष, सन्तोषी फुयाल
१०० सिमपानी क्याम्पस, खोटाङ– अध्यक्ष, रोशन पोखरेल
११० कानपुर क्याम्पस, काभ्रे– अध्यक्ष, सुनिता तामाङ
१२० उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन आचार्य
१३० अमरदिप क्याम्पस, सुर्खेत– अध्यक्ष, हरि देवकोटा
१४० सिद्धदेवी क्याम्पस, पाँचथर– अध्यक्ष, रविन सम्वाहाम्फे लिम्बू
१५० काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं– अध्यक्ष, सुशील गिरि
१६० कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– अध्यक्ष, कमला पन्त
१७० खप्तड आदर्श क्याम्पस, डोटी– अध्यक्ष, रमेश पचेरा
१८० बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– अध्यक्ष, केशरबहादुर भाट
१९० अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत– अध्यक्ष, हिमाल श्रेष्ठ
२०० जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– अध्यक्ष, रबिन बानियाँ गुरुङ
२१० जनक क्याम्पस, काभ्रे– अध्यक्ष, सरला दाहाल