☰ open Loading... 7 September 2024|  

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, सात घाइते
  | १८ फाल्गुन २०७३, बुधबार १६:३२

कालीकोट । माटोको ढिस्कोले पुरिएर कालिकोटको मान्म–९ ताडीमा एक जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् । मान्म–८ की २८ वर्षकी सीता पाण्डेको ज्यान गएको हो ।

मान्म–८ की १८ वर्ष बिन्दु पाण्डे, २० वर्ष की अम्बिका पाण्डे, २२ वर्षकी झरना पाण्डे, ४५ वर्षकी बुद्धी पाण्डे तथा मान्म–९ की २२ वर्षकी बुद्धी पाण्डे, २६ वर्षकी कलन्दरी पाण्डे र मान्म–७ की ४० वर्षकी आइती बिक घाइते छन् ।

डिल्ली पाण्डेको घर बनाउन तयारी गरिरहेको ठाउँमा घर पोत्ने रातो माटो लिन गएका ८ जना महिला माटोको ढिस्कोले पुरिएको हुन् । घाइतेको तत्काल उद्धार गरीएको र जिल्ला अस्पतालका उपचार भइरहेको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।