☰ open Loading... 19 September 2024|  

हिमशिखर रामघाटमा अनेरास्ववियुको वर्चश्व
  | १८ फाल्गुन २०७३, बुधबार १७:२१

सुर्खेत ।  भेरीगंगा नगरपालिकाको रामघाटमा रहेको हिमशिखर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले वर्चश्व जमाएको छ । बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानललाई हराउँदै अनेरास्ववियुले वर्चश्व जमाएको हो ।

मतपरिणाम अनुसार समानुपातिक सदस्य नेविसंघले पाएको छ भने बाँकी सवै पद अनेरास्ववियुले पाएको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियुका रमेश शर्मा, सचिवमा विराज विक र कोषाध्यक्षमा सुनिता सुनार विजयी भएका छन् । यस्तै, सदस्यहरुमा रामप्रसाद शर्मा, बलबहादुर खड्का, झुमा खड्का र महेश रावल विजयी भएका छन् । समानुपातिकतर्फका पद उपाध्यक्ष, सहसचिव र सदस्य पनि अनेरास्ववियुले पाएको छ । १३९ मतदाता रहेको हिमशिखरमा ३३१ मत खसेको थियो ।

यस्तै, भेरी शिक्षा क्याम्पस गुमीमा अखिल क्रान्तिकारीका रिकबहादुर टमटा विजयी भएका छन् । तर बाँकी अन्य पदहरुमा भने अनेरास्ववियु विजयी भएको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएको प्यानलको सचिवमा अनेरास्ववियुका जमुना परियार र कोषाध्यक्षमा हेमाराना क्षेत्री विजयी भएका छन् । सदस्यहरुमा अनेरास्ववियुका गीता कुमारी नेपाली, सुमन पंगाली र विनु खत्री छन् । बाँकी समानुपातिक तर्फका पदहरुमा भने पछि बाँडफााड गरिने बताइएको छ ।