☰ open Loading... 23 November 2024|  

‘पाउन हैन, बनाउन पद र पैसा त्यागेको हुँ’
  | २० फाल्गुन २०७३, शुक्रबार ०८:५५

आज भोली के काम व्यस्त हुनुहुन्छ ?

आजभोली आफन्तजन, चिनजाने साथीहरु र परिवारसंग बसेर  भेटघाट गरेर बसिरहेको छु ।

बाल्यकालदेखि यो अवस्थामा आईपुग्दा कस्ता आरोह अवरोह छिचोल्नु प¥यो  ? 

बाल्यकालको सन्र्दभमा भन्नुपर्दा म पहाडमा जन्मिएको मान्छे पहाडमा कसरी जीवन निर्वाह हुन्छ यहाँलाई थाहा भएकै कुरा हो । म एउटा संयुक्त परिवारमा हुर्किएको मान्छे हुँ । मेरो बुबा कृष्णप्रसाद दाहालले पढाउने स्कुलबाटै मैले अक्षर चिनेको हुँ । विस्तारै कक्षाको स्तर बढ्दै जादा ३ घण्टा बाटो हिडेर आर्दश मावि मेहेलीमा पढ्न गएको पनि स्मरण छ । जिन्दगीको यो यात्रामा आरोह अवरोहरु संक्षेपमा भन्नुपर्दा विद्यार्थी जीवन अभावै अभावमा गुज्रियो । अनेक आरोह हुँदा पनि मेरो परिवार केही शिक्षित परिवार भएकाले छोरालाई पढाउनु पर्छ मान्यता राखेको थियो । दैनिक जीवन निर्वाह गर्ने एउटा परिवारमा जन्मिएको हुनाले खासै त्यस्तो खालको महशुस हुने आरोह चाही छैनन् ।

जेसिसमा आवद्ध हुनुभयो सामाजिक संस्थामा रहँदा कस्तो सिकाई रहयो ?

सन् १९९४ देखि जेसिजमा आवद्ध भएको हुँ । सन् १९९४ देखि विश्वको आजीवन सदस्य पनि हुँ । जेसिजमा आवद्ध भएपछि आफ्नो लागानीबाट मात्र सिकाई हुन्छ । प्रतिफलका लागि बढी  मेहनत गर्नुपर्छ भन्ने खालको बुझाई रहयो । मानवताको सेवामा समर्मपित हुनपर्छ भन्ने सिद्धान्तले मलाई प्रेरित गरायो ।

जेसिज भित्र  शासन  व्यक्तिको नभएर विधिको शासन हुनुपर्छ भने मुलमन्त्र छ त्यसलाई  आत्मसाथ गरेर अगाडी बढ्ने हौसला प्रदान भयो । मानवता र विधिको कुरा मात्र नभईकन संसारको हरेक व्यक्तिसंग सम्पित र त्यो मानवतामा भरपर्ने हुँदा मसंग संसार बदल्न सक्ने क्षमता रहिछ भन्ने महसुस भयो ।

जेजिजका कारण सन् १९९८ मा जिल्ला अध्यक्ष भए । त्यसपछि २००२ मा  राष्ट्रिय उपाध्यक्ष भए  । राष्ट्रिय कार्यकारी उपाध्यक्ष हुदाँ राम्रो मत पाए । राष्ट्रिय अध्यक्ष हुदाँ मेरो विरुद्धमा अरु कसैले उम्मेदवारी दिएनन् । म सम्र्वसम्हत राष्ट्रिय अध्यक्ष भए । अहिले जे जति अवस्थामा आएको छु, जसमा सबैभन्दा बढी भुमिका जेसिजकै नै रहेको छ ।

घर पायक पर्ने प्राचार्य जस्तो पदबाट एक्काशी राजीनामा दिनु भयो, यसको पर्दा पछाडीका कारण के–के हुन् ?

सबैभन्दा पहिला विग्रिएको ठाउँ र विग्रिएको अवस्था क्राइसिसमा लिडरसिपको पहिचान हुनपर्छ भन्ने मैले बुझेको थिए । त्यो बुझेको कारणले हिजो घुस्रा स्कुलमा सेवा गर्दाको क्षणमा पनि त्यो विद्यालय क्राइसिस संकटमा गुज्रिएको थियो ।  मैले त्यहाँ जुन महेनत गर्ने अवसर प्राप्त गरे ।

लाटिकोइलीबासीहरुको सहयोगले विद्यालयको विकासको लागि सामाजिका सम्पतिको रुपमा बुझ्ने र बुझाई राख्नु भयो । त्यो विद्यालयलाई  सम्पन्न गराएर जिल्लाको ‘क’ श्रेणीको विद्यालयको रुपमा स्थापित ग¥यो र विद्यालय पुरस्कृत पनि भयो । म को हुँ, म कहाँ छु, मलाई भन्दा पनि त्यसलाई जिताउनु पर्छ भन्ने मेरो एउटा अभियान छ ।  १० वर्षभित्रमा ईत्राम स्कुललाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्छु भन्ने बाचा मैले गरे र १० वर्षे मेरो लक्ष्य ६ वर्षमै पूरा भयो ।

८ लाख ८०  हजार रुपैयाँ बैंक ब्यालन्स रहेको यो विद्यालयको आज १ करोड रुपैयाँ बैँकमा मौज्दात छ । आर्थिक रुपमा समृद्ध बनाईँ छाडे । विद्यालयमा भौतिक, आर्थिक र शैक्षिकदेखि हरेक कुराले सम्पन्न भईसेकपछि मैले त्यहाँ विद्यालयमा काम पाइन । दैनिक काम त विद्यालय पृथ्वीमा रहुनञ्जेल हुन्छ ।  तर गर्नुपर्ने काम मैले केहि पनि देखिन । काम नगरेर विहान, दिउसो गरी  महिनाको ५०÷६० हजार हुन्छ । त्यो पैसा लिन मेरो आत्माले स्वीकार गरेन ।

म त लगानी गर्नुपर्छ भन्ने मान्यताबाट अगाडी बढेको मान्छे पैसा लिएर लोप गर्दिन र मलाई लालच पनि छैन । पैसाको मोहपनि नभएको कारणले गर्दा मैले यो कुरा त्यति उपयुक्त ठानिन् । मैले शिक्षण पेशामै बिताउनुपर्छ भन्ने खालको ढङ्गले अगाडी जानुपर्छ, कि त ६० वर्षसम्म घरमा आएर बस्नुपर्छ भन्ने होइन, मैलेपनि केही काम गर्नुपर्छ ।

त्यो पनि सामाज र यो माटोको लागि केही गर्नुपर्छ भन्ने सोच आत्मैदेखि थियो । हालसम्म मैले जुन काम गरे विद्यालय, विद्यार्थी र अभिभावकका लागि गरेको थियो । तर समाज र देशको लागि त केही गर्न सकेको थिएन् । जेसिज संस्थामार्फत नेपालको नेतृत्व पनि गरे । तर यो माटोको लागि केही गर्नु पर्छ, जनु माटोमा मैले श्वास फेरे, जुन माटोमा अन्तिम श्वास जादैछ, त्यो माटोको लागि समर्पित हुन्छु भन्ने पवित्र उद्देश्य राखेर उप–सचिव स्तरको स्थायी प्राचार्यको पद त्यागेको हुँ ।

  म संग पदको लोभ भएर होइन, पैसाको लोभ भरपनि होइन, दुई ओटै कुरालाई त्याग गरेको हुँ ।  मेरो व्यक्तिगत जीवनलाई स्वर्थक बनाउन र समाजको लागि समर्पित हुनु जागिर छोडेको हुँ । दौडन बानी परेको मान्छेलाई बस्दा पट्यार लाग्दो रहेछ । म अलि फराकिलो बिचार लिएर म अलि फराकिलो क्षेत्रमा काम गर्ने सोचका साथ इमान्दारिक पुर्वक राजनीतिमा दिएको हुँ ।

आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानिय निर्वाचनमा मयेर पदमा तपाईको दावी रहन्छ ? दावी हुन्छ भने के आधार छन् ?  वर्षौ राजनीतिमा बिताएका नेताहरुलाई अवसर नदिई तपाईलाई पार्टीले टिकट दिँदा अन्याय हुँदैन ?

गम्भीर पश्न उठान गर्नुभयो । म नेपालको संविधानले निर्धारित गरेको जुन स्थानीय संरचना छ, यो संरचना हेर्दा र यसको अधिकार क्षेत्र हेर्दा, सिद्धान्त रटेर नगरपालिका चल्ने अवस्था मैले देखिन् । अहिले सिंगो सरकारको हैसियतमा नगरपालिका अगाडी बढ्नु पर्ने अवस्था देँखे । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नगरपालिका संचालन गर्ने मान्छे स्थापित हुन सकेनन र विस्तार गर्न सकिएन भने यो सक्षम नगरपालिका हुन सक्दैन ।

किनकी यो नगरपालिकाबाट अरु नगरपालिका र गाउँपालिकाहरुले नक्कल र सिको गर्नुपर्ने विषयपनि हुन्छन् । त्यसैले मेरो राष्ट्रिय नेतृत्व पनि गरि सकेको नेपालको युवाहरुको नेतृत्व गरेको, र  जेसिसबाट २२ देशको पनि नेतृत्व गरि सकेको । एशिया प्यशो ग्रिजिनको नेतृत्व गरि सकेको कारणले राष्ट्रिय अन्तर्राष्ट्रियबाट यसको विकासको लागि म सक्षम छु भन्ने ढङ्गबाट मैले आफुलाई प्रस्तृत गरेको हुँ । प्रशासनिक, शैक्षिक कार्यपालिका, न्यापालिका, व्यस्थापिका सबै विकासका पुर्वाधार सबै कुराहरु भनेको अब नगरपालिकाको मातहतबाट हुने भएकाले प्रशासनिक क्षमतापनि नितान्त जरुरी देखिन्छ ।

२७ वर्षसम्म शिक्षा क्षेत्रमा विताएकाले १ कलास देखि १२ कलास सम्म नगरपालिका कति विद्यालय छन् ति विद्यालयलाई पनि हुर्नुपर्ने प्रमुख दायित्वपनि मैले देखे । त्यसको विकासको लागिपनि मैले हिजो प्राप्त गरेको अनुभव, ज्ञान र सिपलाई यो समाजमा खन्याउन चाहान्छु  भन्ने लाग्यो । मैले हिजो राजनीतिक गरे गरिने भने भन्नु भन्दापनि म शिक्षक संघको जिल्ला अध्यक्ष भए । जिल्ला सचिव भएरपनि  ८ वर्ष काम गरे ।

चार वर्ष सचिव भएर काम, चार वर्ष अध्यक्ष भएर शिक्षक संघमा विताइ सकेको छु । यस्तै, चार वर्ष ट्रेड युनियन कांग्रेसमा जिल्लाको सदस्य र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सचिव भएर काम गरेको छु । मसंग समन्वय गर्न सक्ने पनि क्षमता भएकाले आफुलाई मैले योग्य ठान्छु । म के निवेदन गर्न चाहान्छु भने यो नगरपालिकाले नेपालको बजेट र नगरपालिका भित्र बस्ने नगरबासीहरुको मालमोतबाट संचालन गर्ने प्रयास कसैले नगरे हुन्छ ।

अन्तर्राष्ट्रिय नगरपालिकासंग सम्बन्ध  स्थापित गरेर भगेनि स्थापित नगरेसम्म विकास गर्न सकिदैन । अहिले जुन ढङ्गले नगरपालिकाको विकास भएको छ नि भौगोलिक विकटा यति धेरै छ कि  नेपालको सबै स्रोत लगाएपनि यसको पुरै विकास गर्न सकिदैन । आर्थिक समृद्धिका लागि नगरपालिकालाई सक्षम बनाएर जानु पर्ने देखिन्छ । अर्को राजधानीको नगरपालिका नेपालको राजधानीको जस्तो नगरपालिकाको अनुभुति हुने खालको नगरपालिका बनाउन म राष्ट्रिय तथा अन्तर्राष्टियसंग कोडिनेशन गरेर, त्यो लगानी भित्राएर यसलाई सक्षम र एउटा समृद्ध नगरपालिका बनाउनका लागि मेरो आप्mनो भुमिकामा म समक्ष छु  भन्ने ढङ्गले मैले दावी गर्ने हो ।

यहाँ कसैको स्पेशल वर्गिकरण तोकेको छैन कानुनी राज्यभित्र  र प्रजातान्त्रिक संस्कार भित्र सक्षम मान्छे हुन्छनन् । म बनाउन पद र पैसा त्यागेर आएको हुँु । म पदको लोभले आएको होइन ।  तपाईहरुले देख्नु भएको छ मान्छेको अनुहार, मान्छेका नाम, कसको योगदान के छ भन्ने कुरा भन्दा समाजले देखेको छ । म पद र पैसा दुबै कुरा त्यागेर, नगरपालिकाका जनता भनेका भगवान हुन,  नगरबासी बस्ने ठाउँ मन्दिर हो ।  यो नगरपालिकालाई म मन्दिरको रुपमा स्थापित गर्न चाहान्छु ।

पार्टीले टिकट नदिएको खण्डमा स्वतन्त्र उम्मेद्वरी रहन्छ ?

पार्टीले मलाई नदिनुपर्ने कुनै कारण छैन । पार्टीले पनि जनताको जनमत र मान्छेको क्षमताको आधारमा दिने कुरा होला । कसले कति वर्ष पार्टीमा सदस्यमा सदस्य रहयो भन्ने आधारमा सबै बुढा पाखाहरुलाई खोजेर टिकट दिने भए त्यो अर्को कुरा भयो । होइन, वर्तमान परिवेश जुन परिर्वतित  ‘चेन्जिङ  स्पिड अफ लाइफ’ छ ।

मान्छेको जुन मान्छेको आकांक्षा र इच्छाहरु बढि रहेको अवस्थामा अब नेतृत्व कस्तो  हुनुपर्छ भन्ने खालको कुरा पार्टीमा  विवेकशिल मान्छेहरु निर्णय गर्ने कुरा हो ।  मलाई लाग्छ टिकट दिने कुरामा र पाउने कुरामा कुनैपनि शंका छैन ।  मैले टिकट नपाउने कुनैपनि कारण देख्दिन ।

२०५८ सालमा नेपाल शिक्षक संघले नेपालभरिका शिक्षकहरुले पार्टी सदस्यता नलिने भनेर राजिनामा लिखित रुपमा दिएका थिए । मैले त्यसलाई स्मरण गराएको हुँ ।  लिखित राजिनामा त म शिक्षक संघको जिल्ला अध्यक्ष हुदाँ नेपाल शिक्षक संघको नवौँ राष्ट्रिय सम्मेलनले निर्णय गरेर देशभरिका शिक्षकहरुले पार्टीबाट राजिनामा दिने भनेपछि लिखित राजिना दिएको हो । गेहेन्द्र दाहालले मात्र दिइएको होइन, देशभरीका शिक्षकहरुले त्यतिखेर राजिनामा दिएक हुन् ।

यहाँ कोहि कसैले गेहेन्द्र दाहालको विषय उठाउछ भने त्यो पुर्वाग्राही मानसिकता हो । त्यतिबेला हामीले नेपाल शिक्षक संघको नियमलाई मानेका हौँ । म स्पष्ट पार्न चाहान्छु, म कानूनको रक्षक हुँ, विधिको शासन भनेर जुन मैले जेसिजमा पढेको थिए, त्यसलाई पालना गरि  कानूनको रक्षा गर्ने एउटा सिपाहीको रुपमा आफुलाई प्रस्तुत गरेको हुँ ।

वीरेन्द्रनगरको मेयरमा उठ्न भयो भने चुनाव जित्ने तपाईँसंग के आधारहरु छन ? 

म एउटा सामान्य परिवारको आर्थिक हैसियत काम चलाउ भएको, र  सामान्य हैसियतका मान्छेहरुको जस्तै आफुले जीवन विताएको कारण त्यो सबै अनुभव आफुसंग छ । त्यहि मान्छेहरुको भावना समेटर मैले नेतृत्व गर्ने सक्ने भएकाले, त्यो ढङ्गले अभिभावकहरुले त्यस्तो प्रकारका व्यक्तित्वहरुले मलाई सहयोग गर्नु हुन्छ, भन्ने कुरा हो ।

२७ वर्षसम्म शिक्षण पेशामा रहेर समाजमा मैले के गरे, कस्ता विद्यार्थीहरु उत्पादन गरे । मेरा शक्ति भनेका र सम्पति भनेका विद्यार्थी र तिनका अभिभावक हुन ।  ती विद्यार्थी र विद्यार्थीका अभिभावका आधारमा, उहाँहरुलाई मैले कहिले पनि विगार्ने काम गरिन ।  जहिलेपनि अरु बनाउने काम आफुलाई समर्पित गरे । पवित्र हृदय र छलकपट नगरि अहिलेसम्म अगाडी बढि रहेको कारणले गर्दा त्यो विश्वास मलाई प्राप्त हुन्छ, भन्ने कुरामा म विश्वत छु ।

विशेषत् वीरेन्द्रनगरका कुन–कुन क्षेत्रमा तपाईको पकड रहेको छ ?

रतु मा जन्मिए,  मेहेलिमा पढे, जर्वुटामा घर छ,  लाटीकोइलीमा पढाए,  पहिलाको नगरपालिकामा पनि पढाए  ।  त्यसकारणले त्यस क्षेत्रका व्यक्तित्वहरुसंग मेरो निकटता छ, उहाँहरुले मलाई माया गर्नु हुन्छ ।  विना स्वर्थको माया गर्नुहुन्छ ।  मलाई विश्वास छ  उहाँले विना स्वार्थ माया गरेको कारणले गर्दा र अहिलेको जुन सचेत युवा छन् , नेपालभरीको नेतृत्व युवाहरुको नेतृत्व गरे । सचेत युवाहरुले भोलिको भविष्य यो नगरपालिको भविष्यसंग जोडिएको छ ।

  यहाँका युवाहरुको भविष्यपनि  जोडिएका कारणले युवाहरुको भविष्य सुनिश्चित गर्न म सक्षम छु ।  किनकी मैले युवाहरुको नेपालबाटै नेतृत्व गरि सकेको छु ।  नेपालभरिका युवाहरुको नेतृत्व गरेको कारणले र विश्वका केही देशहरु भ्रमण गरि सकेको कारणले त्यहाँ युवाहरु कसरी स्थापित भएका छन भन्ने हेक्का छ । समस्यामा परेका युवाहरुको आवाज मेरो आवाज हुन्छ ।

उनीहरुको समस्यमा मेरो समस्या ठानेर अगाडी जाने भएकाले युवाहरुको मलाई पुरै समर्थन हुन्छ भन्ने मलाई विश्वास छ ।  अहिले जुन युवाहरुको जमात छ, उनीहरुबाट केही सिक्नुपर्छ , अब योजना बनाए अगाडी बढ्नु पर्छ । मेरो दिमागले होइन, युवाहरुको आवाजलाई अगाडी बढाउन बुढापाकाहरुको अनुभवलाई जोड्न सकियो भने यो समाजको विकास गर्न सकिन्छ ।

स्थानीय तह अन्तर्गत मेयर पदका लागी नेपाल संविधान २०७२ ले अनुसूचिमा तोकेका कार्यहरु गर्न सक्षम हुनुहुन्छ ?

मैले भनेनी ५ वर्षको टारगेट बनाउने हो । ईत्राम स्कुलमा पनि योजना बनाएर लागेको थिए । घुस्रा स्कुलमा पनि १० वर्षेको योजना बनाएर अगाडी बढोको थिए । मैले जुन योजना बनाएर अघि जान्छु नि, त्यो मैले भोलि समाजका लागि कमाएको इज्जत पदका निम्ति फाल्ने छैन ।

  मेरो क्षमता यसअघि नै मैले स्पष्ट पारिसकेको छु । नेपालको सामान्य परिवार र नेपाल जेसिजको अध्यक्ष भएको  हुँ । मलाई कहाँ विश्वास छ, भने मेरो क्षामता र नेतृत्व प्रति विश्वास छ । नेतृत्वको सिद्धान्त मात्र होइन, म एउटा नेतृत्व विकास सम्बन्धी एउटा कुशल प्रशिक्षक पनि हुँ ।  नेतृत्व के हो ?  नेतृत्व सिप के हो ?  समक्ष कसरी हुन्छन भन्ने खालका सैद्धान्तिक मात्रै होइन कि व्यवहारिक रुपमा मैले भोगि सकेको कारणले सिङ्गो नेपालको नेतृत्व र नगरपालिको नेतृत्व गर्न नसक्ने भन्ने कुरा हुदैन । म योजनवद्ध ढङ्गले अगाडी जान्छु । मुखले भाषण मात्र गर्दिन, लिखित दस्तावेज मेरो रहन्छ ।

त्यो दस्तावेजबाट पाँच वर्षसम्म मेरो उमेर ५० वर्षको हुन्छ । मैले काम गर्न सकिन भने त्यसभन्दा पछाडि म राजनीति पनि गर्दिन । जुन पाँच वर्ष भित्र मैले यस नगरपालिकालाई मन्दिरको रुपमा स्थापित गर्ने सपना बोकेको छु ।  अर्को पटक मेयर चाहिन्छ भन्ने पक्षमा माग्नेवाला पनि छैन । पाँच वर्ष भित्र मयेरले गर्नुपर्ने सबै काम गर्न सक्छु  ।

वीरेन्द्रनगर नगरपालिकाको मयेर पदमा बिजय हुुनुभयो भने विकासका योजनहरु के–के छन् ?

वीरेन्द्रनगरको विकास सवैभन्दा पहिला त समस्या पहिचान गर्ने कुरा हो ।  यहाँ रतु मेहेली, गढीको समस्या एउटा प्रकृतिको होला । उत्तरगंगा, लाटीकोइली, जर्वुटा  र साविकको वीरेन्द्रनगरको समस्या फरक प्रकृतिको होला ।  यस कारणले छुट्टा छुटै परिस्थितीबाट मैले प्रस्तुत हुदाँ खेरी त्यो ढाँचा ल्याउने छु ।

कुन मोडलबाट ल्याउने कुन क्षेत्रलाई कसरी लैजाने भन्ने खालका कुराहरुपनि योजनावद्ध रुपमा अघि बढाउने छु । भौगोलिक परिवेसले सकेसम्म एउटा उत्कृष्ट नगरपालिका निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछु । विश्वका केही नगरपालिकाहरु पनि मैले हरेर आई सकेको छु । त्यहाँ कसरी समृद्ध भए भन्ने खालको कुरामा मलाई ज्ञान छ ।

वीरेन्द्रनगरको बजार क्षेत्रमा हाल पार्कीङ्ग अभाव छ । भोलि यहाँ मन्त्रालय रहदाँ यहाँको अवस्था कस्तो होला ।  कोहिले पनि सोचको छैनन्, त्यसको बारेमा । भएका जग्गा २० देखि ३० वर्ष सम्मका लागि सरकारी भाडामा दिइएको छन् । अस्त व्यस्त ढङ्गले यो एउटा राजधानी बन्दै छ । आज काठमाडौँमा पार्किङ गर्ने अवस्था छैन । त्यो अवस्थामा सुर्खेत पनि अघि बढेको छ । नगरपालिकालाई व्यवस्थित बनाउने सन्र्दभमा ठोस एउटा योजना लिएर  अगाडी जानु पर्छ । जनताका शब्दले जनतका समस्याहरु एजेन्ट गर्ने होइन व्यवहारले गरेर देखिने काम गर्नेछु ।

अन्त्यमा मैले भन्न छुटाएको र तपाईको मनमा भन्न लागेका केही कुरा छन् ?

पश्चिम नेपाल डटकमले जनु एउटा  मेरो भावी योजनाका बारेमा महत्व  दिइएर जुन कुरालाई जनमासमा  पु¥याउनका लागि यहाँ आइदिनु भो यहाँहरु प्रति म आभारित छु ।  म चाहान्छु एउटा सच्चा नागरिकले २१ औं शताब्दिको यो युगको मान्छेले, यो युगका बौद्धिक व्यक्तित्वहरुले, यो युगका विद्यवानहरुले पनि यसको बारेमा  सोच्नका लागि  र एउटा योग्य मान्छेलाइ नै जिम्मेवारी दिनका लागि हरेक दृष्टिकोणले सक्षम मान्छे, राजनीतिक दृष्टिकोणले समक्ष भएर हुदैन, समग्र आर्थिक, प्रशासनिक, राष्ट्रिय सम्बन्धको रुपमा स्वयंम  सक्षम हुनपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धको रुपमा सक्षम हुनुपर्छ । म मात्र आउनु पर्छ भन्ने छैन, जो आएपनि  त्यस्तो खालको समक्ष मान्छे आउनु पर्छ ।  त्यस्ता मान्छेले छनौट गर्नका लागि तपाईको अहम भुमिका  रहोस भन्ने कामना पनि गर्दछु ।