☰ open Loading... 18 October 2024|  

बैतडीमा एक लाख २९ हजार मतदाता
  | २१ फाल्गुन २०७३, शनिबार ११:५२

बैतडी । बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन् । तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फ्ुयालले बताए ।

आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन् । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ ।

यसैबीच, राज्य पुनः संरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ । आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिए पनि राज्य पुनः संरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको हो ।