☰ open Loading... 26 October 2024|  

एकलौटी महासंघ बर्दियाको नेतृत्व चयन गरेकोमा आपत्ती
  | २१ फाल्गुन २०७३, शनिबार १६:३८

बर्दिया । नेपाल पत्रकार महासंघ शाखा बर्दियाको नयाँ नेतृत्व अवैधानिक रुपमा चयन गरेको भन्दै प्रेस चौतारी नेपाल शाखा बर्दियाले आपत्ती जनाएको छ । बहुसंख्यक पदाधिकारीहरुको उपस्थिती विनै एकलौटी र संस्थालाई वदनाम गर्ने उदेश्यले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेकोमा चौतारीले विज्ञप्ती निकालेर आपत्ती जनाएको हो ।


महासंघ बर्दिया शाखाको ११ औँ जिल्ला अधिवेसनले राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा १६ सदस्यीय कार्य समिती निर्विरोध चयन गरेको थियो । अधिवेशनमा महासंघका अध्यक्ष मिनराज शर्मा सहितका पदाधिकारी उपस्थितविना नयाँ कार्य समिति चयन गरेको भन्ने भ्रम फैलाइरहेको प्रेस चौतारी नेपाल शाखा बर्दियाका अध्यक्ष डिलप्रकाश शर्माद्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख छ ।

‘सदस्यता विवरण नआएको र आन्तरिक तयारी पूरा नभएको अवस्थामा कोही केही व्यक्तीले अधिवेशन सम्पन्न भएको भन्दै सामाजिक सञ्जालमा आएको भ्रममा कुनै सत्यता छैन’ शर्माद्वारा विज्ञप्तीमा भनिएको छ । साथै, विज्ञप्तीमा नयाँ मिति तत्काल तोक्न समेत चौतारीले माग गरेको छ ।