☰ open Loading... 26 July 2024|  

बद्रीले आमालाई रुवाए
  | २२ फाल्गुन २०७३, आईतवार १०:०४

दैलेख ।  “आमा बिदा पाइएन अहिलेको सालपनी आउन पाइएन” मञ्चमा आउने वित्तिकै गायक बद्री पंगेनीले यो गीत गाएपछि मेला हेर्न आएका अधिकांश आमा, दिदिवहिनीहरुले अाँखाबाट आँसु बगाए । बद्री पंगेनीले स्टेजमा पुग्नासाथ विदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाईदिएका छन ।

धेरैले आफ्नो मोवाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले । पंगेनीले नारी वेदनासँग सम्बन्धित गीतहरु गाउन थाले । उनले बुबाहरुका लागि “जेठो छोरो कहाँ छ कहाँ छ माइला छोरो आर्मीमा भर्ती भाकोछ, जुन छोराले जे गरेनी मै बुढाको टाउको खाको छ” गित गाउदा महोत्सब हेर्न आएका बुढा बाबाहरुको आखाँबाट आसु नै झ¥यो ।


दैलेख जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि जिल्लामा क्रियाशिल चार वटा संचार संस्थाको आयोजनामा गरिएको दैलेख पर्यटन महोत्सब हेर्न आएका हजारौं दर्शकलाइ जनताका गायक भनेर चिनिने कलाकार बद्री पंगेनीले सुरुमा सबैलाइ भावविह्वल पारे ।
दैलेख पर्यटन महोत्सबको दशौ दिन बद्रीले गीत गाउन शुरु गरे लगतै महोत्सव हेर्न आएका थुपै आमा रुन थालेका थिए ।

आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफूलाई थाम्न सकेनन् । माइकको छेल पारी आफ्नो आँखाको आसु पुछे । दैलेखमा पर्यटन महोत्सव चलिरहंदा विदेशमा रहेका छोराले दैलेखको सम्झना गरिरहेको भन्दै बद्रीले गित मार्फत व्यक्त गरेपछि प्रवासमा रहेका छोरा सम्झेर आमाहरु धुरुधुरु रोएका हुन ।

आंफुले गाएको गीतमा रोएका आमाहरुलाई सम्झाउंदै बद्रीले मन्चबाटै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए । ‘कसैका छोराछोरी पनि विदेश जान नपरोस, नेपालमै आमाबाबुसँगै बस्ने    पाइयोस् ।’ बद्रीले, ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’ मञ्च प्रवेशसंगै दर्शक रुवाएका पंगेनीले एकैछिनमा दर्शकलाई छमछमी नचाएका थिए ।


मेला हेर्न आएका हजारौं दर्शकलाई बद्रीले मन थिएन जोगी बन्नलाई, ससुरालीमा जस्ता लोकप्रिय गीत गाएर उनले दर्शकलाई मात्र होइन आयोजकलाई समेत नचाए । आफै समेत नाच्दै निस्किएका उनलाई महोत्सव हेर्न आएका युवा, बृद्ध र बालबालिकाले समेत नाचेर साथ दिएका थिए ।

महोत्सवको दशौ दिन चर्चीत गायिका सविता परियार, मोडल  अन्जली अधिकारी, दैलेखकी स्थानीय कलाकार मन कुमारी सुनार, मध्यपश्चिम कला केन्द्र नेपालगंजकी डान्सर सम्प्रीया खड्काको बेजोड प्रस्तुती रहेको थियो । महोत्सबको आज चर्चीत गायक एंवम फिल्म निर्देशक नारायण रायमाझिको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।