☰ open Loading... 23 February 2025|  

सुरु भयो होली
  | २२ फाल्गुन २०७३, आईतवार १९:४२

यस वर्षको होली पर्व औपचारिक रुपमा सुरु भएको छ। राजधानीको बसन्तपुरमा आइतबार बिहान विभिन्न रंगी–विरंगी कपडाहरु बाँधिएको झण्डै ३० फिट अग्लो चीर ठड्याएर देशभर होली पर्वको औपचारिक सुरुवात गरिएको छ ।

बसन्तपुरमा आइतबार बिहान विभिन्न रंगी–विरंगी कपडाहरु बाँधिएको झण्डै ३० फिट अग्लो चीर ठड्याँइदै।

बिहान करिव आठ बजेको शुभ साइतमा चीर ठड्याएपछि परम्परागत पूजा गरेर खुसीयाली सहित अविर छरेर टोल परिक्रमा गर्दै यसवर्षको होली खेल्न सुरुवात गरियो। त्यस्तै नेपाली सेनाको होलीको प्रारम्भ गर्दै हर्ष बढाइसमेत दिएको थियो। हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रंगी–विरंगी कपडाहरुको टुक्रा झुण्ड्याइएको बाँसको चीर ठड्याएपछि देशभर होली सुरु भएको मानिन्छ।

धार्मिक ग्रन्थअनुसार विष्णु भगवानका भक्त प्रल्हादलाई मार्ने प्रयास गर्दा होलिकाको मृत्यु भएपछि खुशीयाली स्वरुप अबीर छरेर होली खेल्ने गरिन्छ। फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म आठ दिन देशभर होली पर्व मनाउने गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २९ र तराई मधेसका जिल्लाहरुमा फागुन ३० मा होली पर्व परेको छ ।