☰ open Loading... 26 October 2024|  

ओलीको आह्वानः कार, मोटरसाइकल छैन भने पैदलै भए पनि २ नम्बर प्रदेश जाऔं
  | २२ फाल्गुन २०७३, आईतवार २०:४७

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ नम्बर प्रदेशमा केन्द्रित हुन सबै कार्यकर्तासँग आह्वान गरेका छन् । मोरङको विराट चोकमा भएको सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले सकेसम्म सबै कार्यकर्ता चितवनसम्म पुग्न समेत आह्वान गरेका थिए । उनले जनतलाई यतिबेला चुनाव चाहिएकाले त्यसमा केन्द्रित हुन सबैसँग आग्रह गरे ।

“चुनाव जनतालाई चाहिएको हो,” उनले भने, “२० वर्षदेखि स्थानीय चुनाव भएको छैन । अहिले एमालेलाई भन्दा पनि जनतालाई बढी चुनाव चाहिएको छ ।”

उनले नेकपा एमाले नेतृत्वको सरकारले केही विकास र राम्रा काम गर्न खोजेकाले सबैको टाउको दुखेको जनाए ।

“एमालेले राम्रो काम गर्न लागेको थियो,” ओलीले भने,“सबैको टाउको दुख्यो । तर अहिले एमाले देख्नासाथ बालबच्चा, वयोवृद्ध सबै खुसी हुन्छन् ।”