| २३ फाल्गुन २०७३, सोमबार २०:०८
सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ । सप्तरी घटनापछि एमालेले अभियान रोकेको हो ।
। शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।
बैठक रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा अहिले पनि जारी छ ।