☰ open Loading... 3 May 2024|  

मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
  | २४ फाल्गुन २०७३, मंगलवार ०६:२५

काठमाडौं । मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । साथै उसले आन्दोलन घोषणा गरेको छ । सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो ।

साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले घटनामा एमाले नै जिम्मेवार भएको ठहर गरेको छ ।

मधेसी मोर्चाले भनेको छ, एमाले केही शीर्ष नेताहरुको मधेस र मधेसीविरुद्ध विषबमन गर्ने व्यवहार, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने र घोचपेच गनेृ खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुने भन्ने ठहर छ ।’

बैठकमा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने सहमति भएको छ र, भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने नेताहरुले बताएका छन् । यसका लागि भोलि ३ बजे मोर्चाको बैठक राखिएको छ ।

मधेसी मोर्चाको बैठकले सप्तरीमा प्रहरी दमन भएको भन्दै भत्र्सना गरेको छ । र, दोषीलाई कारबाही गर्न र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सप्तरी घटनाको विरोधमा आज र भोली मधेसमा बन्द अर्ने निर्णय समेत गरेको छ ।