☰ open Loading... 20 April 2024|  

सल्यानको मखनटाकुरीमा शान्ति स्मारक निर्माण गरिने
  | २४ फाल्गुन २०७३, मंगलवार १६:२३

सल्यानमा शान्ति स्मारक निर्माण गरिने भएको छ । सदरमुकाम खलंगामा भएको अन्तरसम्वाद तथा छलफल कार्यक्रममा शालिक निर्माण गर्नेबारे जानकारी दिईएको हो । मानब अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस नेपाल सल्यानको आयोजनामा भएको अन्तरसम्वाद तथा छलफलमा सल्यानको सदरमुकाम खलंगा नजिकै रहेको मखनटाकुरीमा शान्ति स्मारक निर्माण गर्ने बिषयमा छलफल भएको थियो ।

शान्ति स्मारक निर्माणका लागी आबश्यक पर्ने आर्थिक तथा सामाजिक सबैको ब्यबस्था हरप्लेस नेपाल सल्यानले गर्ने छ । र यस बिषयमा थप छलफल गर्ने गरि अन्तरसम्वाद तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सल्यान क्षेत्र न.ं १ का सांसद टेक बहादुर बस्नेतले द्वन्द्वका घाउहरू मेट्न जिल्लामा शान्ति स्मारक बनाउने काम राम्रो भएको भन्दै सबैलाई सम्बोधन गर्ने गरि स्मारक बनाउनुपर्ने बताए । उनले शान्ति स्मारक निर्माणका लागी सबै जिम्मेवार बन्नुपर्र्नेमा जोड दिनु पर्ने बताए ।

संक्रमणकालिन न्याय र शान्ति प्रवर्द्धनका लागि स्थानिय क्षमता विकास परियोजना अन्तरगत जिल्लाका सरोकारवाला संगको अन्तरसम्वाद तथा जिल्लामा शान्ति स्मारक निर्माणका बिषयमा छलफल कार्यक्रममा जिल्लाका विभिन्न राजनितिक दल, सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण हरप्लेस नेपाल सल्यानका जिल्ला कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले रेका थिए ।