☰ open Loading... 26 July 2024|  

लोक गायन सम्मेलन सुर्खेतमा हुँदै
  | २५ फाल्गुन २०७३, बुधबार १४:०३

सुर्खेत । सुर्खेतसहित मध्यपश्चिममा छरिएर रहेका जनजातीहरुको भाषा झल्कने लोक गायन सम्मेलन सुर्खेतमा हुने भएको छ । यही फागुन ३० गते संगित तथा नाट्य प्रतिष्ठानले मध्यपश्चिम स्तरिय लोक गायन सम्मेलनको आयोजना गर्ने भएको हो ।

विशेषगरी मगर, खम्बा,  बोटे, राजी र तामाङ समुदायहरुको भाषा संरक्षण गर्ने हेतुले सम्मेलनको आयोजना गर्न लागेको बरिष्ठ संगितकर्मी बुलु मुकारुङ्गले जानकारी दिएका छन् ।  पछिल्लो समयमा जनजातिहरुले बोलिने भाषा संस्कृतिक लोपउन्मुख हुँदै गएकाले यो सम्मेलनले संरक्षणमा टेवा पुगोस् भन्ने उदेश्यले सम्मेलन सञ्चालन गर्न लागेको उनको भनाई छ । उनका अनुसार मध्यपश्चिमाञ्चल क्षेत्र व्यापी विभिन्न भाषा–भाषीका लोकगीत गायन सम्मेलन हुनेछ ।

नेपाललाई आर्थिक रुपमा समृद्ध र पर्यटकीय क्षेत्र उजागर गर्न सम्मेलनले टुवा पुर्याउने उनको अपेक्षा छ । ३० गते हुने सम्मेलन मात्र नभई प्रतिभाको खोजी समेत गरिने उनको भनाई छ । ‘भौतिक संरचनाले मात्र पर्यटनको विकास गर्न सकिदैन्’ मुकारुङ भन्छन्, ‘संस्कृतिले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्ने उदेश्यले हामी यस पटक जुटेका छौं ।’ लोकगीत गायन सम्मेलनमा गीतहरुपनि पनि रेकङ्गि गरिने उनले जानकारी दिए । सम्मेलनमा लेखफर्खाका आइतेराम बोटे, विमा सुवेदी, खड्ककुमारी पुनलाई सम्मान गरिने कार्यक्रम पति तय भएको छ ।