☰ open Loading... 7 September 2024|  

राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा
  | २५ फाल्गुन २०७३, बुधबार १५:०१

काठमाडौं । एएफपीले बुधबार विश्वभरिका महिला सरकार तथा राज्य प्रमुखको ग्राफ सार्वजनिक गरेको हो। कोरियाली राष्ट्रपति पार्क ज्युन हाईविरुद्ध महाअभियोग प्रक्रिया सुरु भएकाले डिसेम्बर ९ देखि उनी जिम्मेवारीमा छैनन्। उनी पदमा बहाल रहेकी भए विश्वले १६ जना महिला राजनेता पाउने थियो ।

विश्वभरि बुधबार महिला दिवस मनाइँदैछ। यो अवसर पारेर विभिन्न क्षेत्रका अग्रणि महिलाको सूचि सार्वजनिक भइरहेको सन्दर्भमा एएफपीले महिला राजनेताको नाम सार्वजनिक गरेको हो ।

भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन्। उनलाई व्यवस्थापिका-संसदले निर्वाचित गरेको हो ।