☰ open Loading... 26 April 2024|  

परिवर्तनका लागि बाच्नु पर्छः दाहाल
  | २५ फाल्गुन २०७३, बुधबार १९:०१

सुर्खेत । जेसिज २००५ का अध्यक्ष तथा श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गेहेन्द्रप्रसाद दाहालले परिवर्तन गर्नुपर्ने आवश्यता रहेको औँल्याएका छन । बुधबार वीरेन्द्रनगर  एन्नेस्टी इन्टरनेसनल नेपाल लयर्स समूह–६९ ले १०७ औँ  अन्र्तराष्ट्रिय नारी दिवसको अवसर बी.ई बोलड फर चेन्ज भन्ने मुल नाराका साथ अयाोजनना गरिएको सम्मान कार्यक्रममा उनले परिवर्तनको शुरुवात आफैबाट गर्नु पर्ने बताएका हुन् ।

‘परिवर्तन  हामीबाटै सम्भव छ । जसरी मैनबत्ती नसकिएसम्म उज्यालो दिइरहन्छ, त्यसरी नै हामी बाँच्नुजेल उज्योला दिनुपर्छ’ दाहालले भने,–‘व्यक्तिगत परिवर्तनभन्दा पनि अब नारीहरुले समाज रुपान्तरणका लागि वास्तविक साहस गर्ने नारीहरुले इतिहासमै सम्मान पाइ राख्नेछन् ।’ हाल रावणलाई, ढुङ्गाको देवतालाई पुँजा गर्ने चलन रहेको बताएक उनले कर्मलाई कमै मान्छेहरुले पूजा कमै गर्ने उनले बताए ।

कर्म र श्रमलाई पूजा गर्न आवश्यक रहेको उनको तर्क थियो । नारी भनेको आमा हो, आमालाई कोहि कसैले पूजा नगरेकोमा उनको दुखेसो थियो । सामाजिक क्षेत्रमा योगदान पु¥याउने महिलाहरुलाई इम्नेष्टीले सम्मान समेत गरेको छ । साविकको जर्वुटा गाविसका स्वास्थ्य चौकीका सिनियर अ.न.मि सीता शर्मा,  एकल महिलाका अध्यक्ष शितल सिंह राठौर लगायतका महिलाहरुलाई इम्नेष्टीले सम्मान समेत गरेको थियो ।

एम्नेस्टी इन्टरनेसनल कांक्रेविहार युट नेटवर्कले समन्वय गरेको कार्यक्रममा एन्नेस्टी इन्टरनेसनल नेपाल लयर्स समूह–६९ का संयोजक सिमा चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो ।