☰ open Loading... 19 April 2024|  

नेपाल केन्यासंग ५ विकेटले पराजित
  | २८ फाल्गुन २०७३, शनिबार १७:५५

विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीच वर्षाका कारण राेकिएकाे खेल पुन: सुरु भएकाे छ । वर्षाले खेल राेकिँदा केन्याले २१.२ अाेभरमा ५ विकेटकाे क्षतिमा ८० रन बनाएकाे छ । यसअघि पनि निर्धारित समयभन्दा झण्डै साढे दुई घण्टा  ढिलागरी मह्यान्ह १२ बजेपछि सुरु भएको थियो ।

नेपालले पहिलाे ब्याटिङ गर्दै ३६ अाेभरमा ८ विकेटकाे क्षतिमा ११२ रन बनाएकाे थियाे । वर्षाले खेल प्रभावित गरेसँगै डकवर्थ लुइस मेथड अनुसार केन्याले २९ अाेभरमा १०४ रन बनाउने लक्ष्य पाएकाे थियाे ।