सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले वितरण गर्दै आएको आर्थिक पत्रकारीता पुरस्कार पत्रकार ललित बसेललाई प्रदान गरिएको छ । सुर्खेत सर्खेत उद्योग बाणिज्य संघको ३३ औं बार्षिक साधारणसभाको अवसरमा शनिवार सर्खेतपत्र दैनिकका सम्पादक एवं गोरखापत्र दैनिकका सुर्खेत समाचारदाता बसेललाई सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी र प्रकाशन समितिका संयोजक लक्ष्मण कँडेलले समाचारदाता बसेललाई११ हजार १११ रुपैयाँ राशी, सम्मानपत्र र दोसल्लासहित प्रदान गरेका थिए । जिल्लाको समग्र आर्थिक क्षेत्रलाई पत्रकारिताका माध्यमबाट उजागर पु¥याएको भन्दै बसेललाई २०७३ सालको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
यो पनि पढ्नुस् : लगानीमैत्री वातावरण नहुँदा व्यवसायी निराश
यस्तै, संघले बावियाचौरका डम्बरबहादर शाही, इत्राम माविका दृष्टिविहीन छात्रछात्राका लागि समीक्षा आचार्य छात्रवृत्ति पुरस्कार र मध्यपश्चिम फिटनेस सेन्टरका संचालक प्रमोद हमाललाई नौलो व्यवसायीका रुपमा सम्मान गरिएको छ ।
यसैगरी हार्डवेयर समिति, फेन्सी तथा रेडिमेड बस्तुगत समिति, काँचो कपडा बस्तुगत समिति र कम्प्युटर एशोसियशन बस्तुगत समितिलाई पनि सर्वाधिक सक्रिय बस्तुगत समितिका रुपमा सम्मान गरिएको छ । राजु पाण्डे, यज्ञ शर्मा र खगेन्द्र भट्टराईलाई उत्कृष्ट व्यवसायी, रिदेश केसीलाई उत्कृष्ट कर्मचारीका
रुपमा समेत सम्मान गरिएको छ ।