☰ open Loading... 3 May 2024|  

एस.ई.इ. परीक्षा मर्यादित बनाउन,३७ बुँदे आचार संहिता जारी
  | ३० फाल्गुन २०७३, सोमबार २२:३०

 चैत्र ३ गतेबाट हुन लागेको एस ईइ परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला शिक्षा कार्यालयले ३७ बुँदे आचार संहिता सार्वजनिक गरेको छ ।  माध्यमिक शिक्षा जिल्ला परिक्षा समितिले कक्षा १० को माध्यमिक परीक्षाका केन्द्राध्यक्ष र अनुगमनकर्ताका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सो आचार संहिता सार्वजनिक गरेको हो ।

  बिहिबार अर्थात चैत्र ३ गतेदेखि संचालन हुने एस.इ.इ. परीक्षाका लागि सुर्खेतमा ३० ओटा केन्द्र तोकिएको छ ।  नियमिततर्फ ६ हजार ९४५ जना, एक्जेम्टेड तर्फ २७८ र गे्रड बृद्धि तर्फ १ हजार ९७० जना विद्यार्थीहरु परीक्षामा सामिल हुने भएका छन् ।

परीक्षाको मर्यादा उल्लङघन भएमा शिक्षा ऐन २०२८ को दफा २१ (क) बमोजिम कारवाही गरिने छ  भने कसुरको मात्रा हेरी ६ महिनासम्म कैद वा १ लाख जरिवाना गरिने बताईएको छ ।  केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरिक्षक र विद्यार्थीहरुले परीक्षाको मर्यादा विपरित कार्य गरेको पाइएमा सो सजाय गरिने जिल्ला शिक्षा अधिकार जीतबहादुर शाहले जानकारी दिए ।

एउटा निरिक्षकलाई दोहो¥याएर एउटै कार्य कक्षामा नराख्न आचार संहितामा उल्लेख गरिएको छ । परीक्षामा क्यालकुलेट बाहेक अन्य विद्युतिय सामाग्रीहरु परीक्षामा लिएर निष्काशन हुन नपाउने आचार संहितामा उल्लेख छ । केन्द्राध्यक्षले समेत मोवाइल फोन भाइबेरसनमा राख्नु पर्ने बताईएको छ ।

  यसैगरी  होस्टेल कोचिङ्ग सेन्टरका संचालकहरुलाई  परीक्षामा निरिक्षक नराख्न  अधिकारी शाहले आग्रह गरे । साथै जिल्ला स्तरबाट परीक्षा केन्द्रमा खटिएका केन्दाध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक तथा पदाधिकारीहरुबाट तोकिए बमोजिमको जिम्मेवार पुरा भएको पाइएमा तत्काल कारवाही गरी वैकल्पिक व्यवस्था गरिने चेतावनी  दिईएको छ ।