☰ open Loading... 1 June 2024|  

महिलामैत्री परीक्षा केन्द्र
  | १ चैत्र २०७३, मंगलवार ११:४०

रोल्पा । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा जिल्लाबाट झन्डैै ५४ प्रतिशत छात्राले सहभागिता जनाउँदै छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा यस वर्ष बिहीबारदेखि हुने परीक्षामा ७२ साधारण, एक प्राविधिक र एक खुला गरी ७४ विद्यालयबाट तीन हजार आठ सय ११ विद्यार्थीले १७ परीक्षा केन्द्रबाट सहभागिता जनाउन लागेका छन् ।

सहभागी हुने विद्यार्थीमध्ये छात्राको सङ्ख्या अधिक रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए । केटाहरु कक्षा ८ उत्तीर्ण गर्नेबित्तिकै वैदेशिक तथा देशभित्रै रोजगारीमा जाने चलन रहेका कारण पनि छात्राको सङ्ख्या बढी हुन सक्ने पौडेलले बताए ।

जिल्लामा छात्रा परीक्षार्थीको सङ्ख्या अधिक रहेका कारण परीक्षा केन्द्र पनि महिलामैत्री बनाइनेछ । सोअनुसार सबै परीक्षा केन्द्रका सबै छात्रालाई पुग्ने गरी स्यानेटरी प्याडका साथै प्राथमिक उपचारको सामग्रीसमेत व्यवस्था गरिनेछ ।