☰ open Loading... 23 July 2024|  

देउतीबज्यैमा कोटीहोम संचालन हुने
  | ३ चैत्र २०७३, बिहीबार २०:१५

देउतीबज्यै मन्दिरमा कोटी होम संचालन हुने भएको छ । देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही चैत्र १६ देखी १५ दिन सम्म कोटि होम संचानल हुन लागेको हो ।

देउतीवज्यै मन्दिर परिसरमा कालीमाता नरिन्तादेवी शाहको उपस्थितिमा कोटि होम संचालन हुन लागिएको बताईएको छ । कोटि होमको तयारीका लागि जिवन केसीको संयोजनमा ५१ सदस्यीय कोटि होम मुल आयोजक समिति गठन गरिएको छ ।

१५ दिनसम्म चल्ने कोटि होम मा भुमी पुजा , पृति उद्धार ,ज्ञानमय सप्ताह ,संगीतमय प्रवचन , भजनकृतन, राष्ट शन्तिका लागी पुजन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

समितिले सम्पुणर््ा सुर्खेती जनताको गौरवमय आराध्यादेवी देउतीवज्यै मन्दिरमा हुन लागेको यस कार्यक्रममा सम्पुर्ण सुर्खेतीको सद्भाव ,सहयोग गर्न आग्रह गरिएको छ । कोटी होम वाट संकलित भएको रकम देउतीवज्यै मन्दिरको विकासमा लगाईने अध्यक्ष पौडेलले जानकारी दिए ।