☰ open Loading... 3 May 2024|  

साढे पाँच सय परीक्षार्थी अनुपस्थित
  | ३ चैत्र २०७३, बिहीबार २०:१०

माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन अंग्रेजी विषको परीक्षामा झण्डै साढे पाँच सय परीक्षार्थीहरु अनुपस्थित भएका छन् । विहिबार देखि सुरु भएको परीक्षामा सुर्खेतमा २ सय ४६ छात्र र २ सय ९९ छात्रा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । जिशिका अनुसार अंग्रेजी विषयको परीक्षामा ४ हजार ४६ छात्र र ४ हजार ३६२ छात्रा गरी ८ हजार ४०८ जना परीक्षार्थीहरुले मात्र परीक्षा सहभागी भएको बताईएको छ ।

जिल्लाका ३० वटै परीक्षा केन्द्रहरुमा ब्यवस्थित, मर्यादित र अनुशासित रुपमा परीक्षा सञ्चालन कार्य सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए ।

साथै ३० वटै परीक्षा केन्द्रहरुमा छात्राहरुको सुविधालाई ध्यानमा राखी जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको सहयोगमा स्यानीटरी प्याडको समेत ब्यवस्था गरिएको उनले बताए ।

उता आदर्श माध्यमिक विद्यालय लेखफर्सा परीक्षा केन्द्रमा माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकहरुलाई निरीक्षक र कर्मचारीमा नियुक्त गरी कामकाजमा लगाएको पाइएको थियो । तत्काल त्यस केन्द्रबाट २ जना निरीक्षक र १ जना परीक्षा सम्बन्धी काम गर्नका लागि नियुक्त कर्मचारीलाई निष्कासन गरिएको जिशिअ शाहको भनाई छ ।