| ७ चैत्र २०७३, सोमबार १७:५६
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पाार्टीले जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएको छ । राप्रपाले सोमबार देशभरीका निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत सुर्खेतमा पनि ज्ञापन पत्र बुझाईएको हो ।
निर्वाचन आयोगले पार्टी को मुख्य एजेन्डा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र लाई खारेज गरी पार्टीको विधानबाट हटाउने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसको विरोधमा उत्रिएको छ ।
राप्रपाले सनातन हिन्दु राष्ट्र कायम गर, धर्म निर्पक्षता खारेज गर,संबैधानिक राजसंस्था कायम गर, निर्वाचन आयोग मुर्दाबाद, अबैधानिक निर्णय खारेज गर लगायतका नारा लगाउँदै मंगलगडी चोक देखी बिरोध ¥याली निकालेको थियो ।
वीरेन्द्रनगरको इत्राममा रहेको निर्वाचन कार्यालयमा राप्रपाले १ घन्टा धर्ना बसेर ज्ञापनपत्र बुझाईएको छ ।