☰ open Loading... 25 November 2024|  

स्थानिय तह निर्वाचन : जुम्लामा ७४ वटा मतदान केन्द्र निर्धारण
  | १५ चैत्र २०७३, मंगलवार १०:२३

आगामी बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनको लागि जुम्लामा ७४ वटा मतदान केन्द्र तोकिएको छ । नयाँ संरचना अनुसार जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिकामा ७४ वटा मतदान केन्द्र निर्धारण गरिएको हो ।

जनसंख्या तथा भौगोलिक आधारमा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन आयोगबाट जनसंख्याको चाप र भौगोलिक आधार हेरेर कुनै गाउँपालिकामा मतदान केन्द्र बढि सिफारिस भएर आएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी खुम बहादुर सुबेदी जानकारी दिए ।

उनका अनुसार एक नगरपालिकासहित सात गाउँपालिकामा ६० वडा सिफारिस भएका छन । स्थानिय निर्वाचनमा जुम्लाबाट झण्डै ५५ हजार मतदाता छन् । निर्वाचनमा जुम्लाका विभिन्न १४ वटा राजानैतिक दलहरुले सहभागिता जनाउने भएका छन ।