☰ open Loading... 2 May 2024|  

बढ्यो चुनावी सरगर्मी, सुर्खेतमा तरुण दलको शक्ति प्रदर्शन
  | १५ चैत्र २०७३, मंगलवार १४:०४

सुर्खेत । स्थानीय तहको निर्वाचन घोषणासंगै चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा गरिएको वीरेन्द्रनगरमा एकपछि अर्को गर्दै यहाँका स्थानीय दलहरुले शक्ति प्रदर्शन गर्न थालेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही दिन अघि मात्रै चुनाव लक्षित शक्ति प्रर्दशन गरेका थिए । तर मंगलबार नेपाली काँग्रेसको भातृ संगठन तरुण दलले पनि वीरेन्द्रनगरमा शक्ति प्रर्दशन गरेको छ । स्थानीय मंगलढी चौकबाट शुरु भएको मोटरसाईकल र्याली बजार परिक्रमासंगै पिपलचौतरामा कार्यक्रमको आयोजना गरेको छ ।

मंगलगढी चौकबाट शुरु भएको र्याली वीरेन्द्रचौकहुँदै बजार परिक्रमा गरिएको तरुण दल सुर्खेतका अध्यक्ष हरी विष्टले जानकारी दिए । उनका अनुसार यो अभियान मंगलबार देशभरी नै आयोजना गरिएको थियो ।

तस्वीर सुशील खड्का