☰ open Loading... 2 May 2024|  

भूइहाँर थान संरक्षणका लागि ४५ लाख बितरण
  | १५ चैत्र २०७३, मंगलवार २१:०४

दाङ । थारु समुदायको धार्मिक स्थल भूइहाँर थान संरक्षणका लागि दाङमा ४५ लाख रुपैया बितरण गरिएको छ । नेपाल सरकारबाट संस्कृती संरक्षणका लागि बिनियोजन गरेको रकम मध्ये थारु समुदायको धार्मिक स्थल भूइहाँर थान संरक्षणका लागि आज मंगलबार बितरण गरिएको हो ।

थारु समुदायको आस्थाको केन्द्र भूइहाँर थानको संरक्षणका लागि कतैबाट पहल नहुदा लोप हुने अबस्थामा पुगेको थियो । द्धन्दकालदेखि हालसम्म आईपुग्दा करिव करिव भ्यूहाँर थानको नष्ट हुने अबस्थामा पुगेको अबस्थामा मतहाव महासंघका केन्द्रीय अध्यक्ष एबम सांसद डिल्लीबहादुर चौधरीको पहलमा दाङ जिल्लाका ४५ वटा भूइहाँर थानको संरक्षणका लागि रकम बिनियोजन गरि बितरण गरिएको शान्तीनगर गाँउपालीका गिधनीयाका कर्णप्रताप चौधरीले बताए । उनले एक सय बढी थारु अगुवा–महतवाको आज मंगलबार तुलसीपरमा भेला भयो,यसबाटै बिभिन्न गाँउका भूइहाँरथानको संरक्षणका लागि रकम बिनियोजन गरेको जनाए ।

भ्यूहार थानका लागि यसअघि कुनै पनि निकायबाट रकम बिनियोजन गरि बितरण हुन नसकेको तर यसपटक रकम बितरण भएकोमा मानपुरका सीताराम चौधरीले खुसी ब्यक्त गरे । गाँउको भ्यूहाँर थानको संरक्षणका लागि १ लाख रकम प्राप्त भएको र यसलाई पारर्दशी ढंगले प्रयोग गर्ने प्रतिवद्धता जनाए ।

भ्यूहार थान संरक्षणका लागि साबीक डुरुवा गाबिसका १४ टोलमा १४ लाख,तुलसीपुर नगरपालीकाका १२ टोलमा १२ लाख,मानपुर गाबिसमा ८ लाख,फूलबारीका ५ टोलमा ५ लाख,टरीगाँउ ८ टोलका लागि ८ लाख गरि कुल ४५ लाख बितरण गरिएको हो । यस आर्थिक बर्ष भीत्र एक सय भ्यूहाँर थानको संरक्षणका लागि बजेट बितरण गरिने सांसद डिल्लीबहादुर चौधरीले जानकारी दिए ।