☰ open Loading... 2 May 2024|  

जाजरकोटमा काँग्रेस नेता रविन्द्र शमसेर शाहको हत्या
  | १५ चैत्र २०७३, मंगलवार २१:२७

जाजरकोटमा मंगलबार साँझ कांग्रेस नेता रविन्द्र शमसेर शाहको हत्या गरिएको छ ।

भेरी नगरपालिका– ३ थाप्ले निवासी नेविसंघका पूर्वकेन्द्रीय सदस्य शाहको ७–८ को अपरिचित समूहले ढुंगाले हानेर हत्या गरेका हुन् ।

३६ वर्षीय शाह पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष हुन् । उनीसँगै रहेका हिटलरसिंह राठौर भने भागेर बाँचेका छन् ।