☰ open Loading... 17 May 2024|  

वीरेन्द्रनगरका ३१ स्थानमा सीसीक्यामरा जडान
  | १५ चैत्र २०७३, मंगलवार २१:३३

सुर्खेत । अपराधिक गतिविधिलाई रोक्नका लागि ६ नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा चर्चामा रहेको वीरेन्द्रनगरमा सीसी टिभी क्यामेरा जडान गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ नेतृत्वमा वीरेन्द्रनगरका मुख्य चौक–चौकमा १५ लाख ९ हजार ८४१ रुपैँयाको लागतमा क्यामेरा जडान गरिएको हो ।

मंगलबार वीरेन्द्रनगरमा वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको सीसी टिभी क्यामेराको उद्घाटनका कार्यक्रममा सम्बोधन मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक ब्रिगेन्द्रराज शर्मा पौडेलले सुरक्षाका लागि एउटा इट्टा थपिएको उल्लेख गरे । ‘सुरुवाती गर्नु ठुलो कुरा होइन’ क्षेत्रीय प्रशासक शर्माले भने–‘ त्यसलाई निरन्तरता दिनु चुनौतिको विषय हो । दिघकालिन रुपमा टिकाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुस् ।’

मुख्यतः सीसी क्यामेरा जडान गरि सकेपछि वीरेन्द्रनगरका प्रवेशद्वारमा होर्डिङ्ग बोर्डंहरु राख्न सुझाव दिए । बोर्डमा ठुलो अक्षरले तपाई सीसी क्यामेरा मार्फत जिल्ला प्रहरीको निगरानीमा हुनुहुन्छ भन्ने सन्देश दिने अभियान थाल्न नी सुझाव दिए । सीसी क्यामेरा जडान भएपछि अपराधि क्रियाकलाप नियन्त्रण गर्न सहज हुने उनले बताए । अपराधि क्रियाकलापलाई नियन्त्रण गर्न २४ सैं घण्टा क्यामेरालाई रेकर्ड सिस्टममा राख्न सुझाव दिएका उनले घटना भएपछि मात्रै कन्ट्रोल रुममा प्रवेश गनुेभन्दा पहिले नै कर्मचारीले सम्बन्धित निकायलाई खबर गर्न निर्देशन दिए ।

सुर्खेत उद्योग बाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र अन्य विभिन्न संघ संस्थाको सहयोगमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा क्यामरा जडानको कार्य गरिएको छ । मुख्यतः मंगलगढी चौक, बसपार्क, नेता चौक, नगर प्रहरी कार्यालय अगाडी, एमाले पार्टी कार्यालय अगाडी, बुद्धपथ, वीरेन्द्रचौक, पीपल चौतारा, यारीचौक, बीच बजार, खार्केखोला लाइन, गोदामलाइन लगायतका ३१ स्थानमा क्यामरा जडान गरिएको सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार ३१ स्थानमा जडान भएको क्यामराले दृष्य र भिडियो रेकर्ड हुनेछ । पहिलो चरणमा वीरेन्द्रनगरका ३१ स्थानमा क्यामरा जडान गरिएको बताए । एउटा क्यामेराले ९० मिटर टाढासम्म दृष्यलाई सहज रुपमा रेर्कड गर्न सक्ने छ । ‘क्यामरा जडानले वीरेन्द्रगरमा हुने अपराधिक गतिविधि र सडक दुर्घटना कम हुन्छ’ अध्यक्ष अधिकारीले भने,–‘योसंगै व्यवसायीक सुरक्षा पनि हुनेमा विश्वास छ ।’

वीरेन्द्रनगर नगरपालिकालाई व्यवसायीहरुले बुझाउँदै आएको करको ५० प्रतिशत रकमबाट ९ लाख र उद्योग बाणिज्य संघबाट ५ लाख अन्य संघ संस्थाको सहयोगमा क्यामरा जडान गरिएको अध्यक्ष अधिकारीको भनाई छ । वीरेन्द्रनगर नगर भित्र अपराधका गतविधिमा संलग्न भएर भागेर जाने मुख्य द्वार पुग्दासम्म प्रहरीले पक्राउ गर्नमा सहजता हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।