☰ open Loading... 5 November 2025|  

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी
  | १६ चैत्र २०७३, बुधबार ०९:१९

सुर्खेत । नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसको अवसरमा सुर्खेतमा प्रभातफेरी ¥याली निकालिएको छ । बुधबार विहान ७ बजे मंगलगढी चौकबाट शुरु भएको प्रभातफेरी ¥याली बजार परिक्रण गरेर पीपल चौतारीमामा कोणसभामा गरिएको थियो ।

शाखा अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका पुर्व अध्यक्ष दुर्गां थापा मोतिलाल पौडेल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टिका विष्ट, प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेश थापा, प्रेस चौतारी नेपाल शाखा सुर्खेतका अध्यक्ष सुर्यप्रकाश कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।